कालिका नगरपालिकाका १३ सुकुम्बासी परिवारले आफ्नै घर पाए, थप ५० घर बनाउने नगरको योजना
नगरपालिकाले नागरिकलाई नाना, छाना र खानाको व्यवस्था गर्ने उद्देश्यले विभिन्न संघसंस्थासँग सहकार्य गर्दै आएको जनाएको छ। सोही अभियानअन्तर्गत नगरपालिकाले आगामी दिनमा थप ५० वटा घर निर्माण गरी विपन्न तथा आवासविहीन परिवारलाई वितरण गर्ने योजना अघि सारेको छ।
[caption id="attachment_45490" align="alignnone" width="2560"]नगरपालिकाका अनुसार आवास निर्माणमा नगरपालिकाको ३० प्रतिशत, लुमन्ती संस्थाको ५५ प्रतिशत र सम्बन्धित घरधनीको १५ प्रतिशत लगानी रहेको छ। नगरपालिकाले १३ वटा घर निर्माणका लागि १३ लाख ४४ हजार ६ सय ७८ रुपैयाँ तथा लुमन्ती संस्थाले २५ लाख ८५ हजार ६७ रुपैयाँ लगानी गरेको लुमन्तीका कार्यक्रम संयोजक सिंहबहादुर वाईवाले जानकारी दिए ।
निर्माण गरिएका घरमध्ये कालिका नगरपालिका वडा नं. १ मा एउटा, वडा नं. ३ मा छ वटा , वडा नं. ५ मा चारवटा , वडा नं. ६ मा एउटा र वडा नं. ७ मा एउटा घर रहेका छन्।
[caption id="attachment_45491" align="alignnone" width="2560"]नगर प्रमुख विनोद रेग्मीले विपन्न तथा आवासविहीन नागरिकलाई सुरक्षित आवासको व्यवस्था गर्न नगरपालिका प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले नागरिकको आधारभूत आवश्यकता पूरा गर्ने अभियानमा स्थानीय तहसँगै विभिन्न संघसंस्थाको सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो।
नगरपालिकाले आगामी दिनमा पनि आवासको समस्या रहेका परिवारलाई लक्षित गरी सुरक्षित घर निर्माण तथा हस्तान्तरणको कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।
