FactCheck: सुरुङ भित्रै पुगेर उद्धारमा जुटे सुदन गुरुङ भन्दै फैलाईएको भिडियो भारतको
सुरुङ भित्रै पुगेर उद्धारमा जुटे सुदन गुरुङ भन्दै फैलाईएको भिडियो भारतको
निराजन घिमिरे- रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीको सन्दर्भ जोड्दै अहिले सामाजिक सञ्जालमा ‘सुरुङ भित्रै पुगेर उद्धारमा जुटे सुदन गुरुङ’ भन्दै एउटा भिडिओ भाइरल भइरहेको छ । तर, उज्यालोनेपालले गरेको तथ्य जाँच अनुसार उक्त भिडिओको रसुवाको बाढीसँग कुनै सम्बन्ध छैन । भाइरल भिडियो भारतको उत्तराखण्डस्थित विष्णुगाढ़-पिपलकोटी जलविद्युत परियोजनाको सुरुङमा भएको दुर्घटनाको हो ।
के हो दाबी ?
फेसबुकमा १ लाख ३ हजार फलोवर भएको The Birgunj News नामक फेसबुक पेजमा शनिवार बिहान एउटा भिडियो अपलोड भएको छ । जसमा एउटा सुरुङ भित्र केहि उद्धारकर्ताहरु देखिन्छन् ।
भिडियोको क्याप्सनमा "गृहमन्त्री सुदन गुरुङ नेपाली सेना सग सुरुङ्गमा फसेका हरुलाई उद्दार गर्न भित्रै पसेका छन"
१९ सेकेन्ड लामो उक्त भिडिओ तथ्य जाँच गर्दासम्म १२ सय रियाक्ट, ७७ पटक सेयर र २० हजारभन्दा बढी पटक हेरिएको देखिन्छ ।
हेर्नुहोस्, भिडिओको स्क्रिन रेकर्ड :
उक्त भिडिओको ओरिजिनल लिङ्क र अर्काइभ लिङ्क
उक्त भिडिओ हेर्न यहाँ क्लिक गर्नुहोस्
तथ्य जाँच गर्ने क्रममा फेसबुकमा १ लाख ३ हजार बढी फलोअर्स भएको ‘The Birgunj News ’ले र अन्य फेसबुक प्रयोगकर्ताले २९ अगस्ट मा अपलोड गरेको भिडियो ‘Fire Service Uttarakhand Police’ ले अगस्ट १४ मा अपलोड गरेको भिडियो सँग हुबहु मिलेको पाइयो । उक्त भिडिओ रसुवाको भोटेकोशीमा आएको बाढी र गृहमन्त्री सुदन गुरुङ सँग सम्बन्धित होइन।
तथ्य जाँच
सोही भिडिओ र यससँग सम्बन्धित सामग्री अन्य थुप्रै फेसबुक प्रयोगकर्ता तथा पेजहरूले पनि अपलोड गरेका छन्।
हेर्नुहोस्, स्क्रिन रेकर्ड : के हो तथ्य ? तथ्य जाँच गर्ने क्रममा हामीले भाइरल भिडिओको सूक्ष्म अध्ययन गर्यौँ। हामीले भिडिओका केही की फ्रेमहरू निकालेर ‘गुगल रिभर्स इमेज सर्च’ गर्यौँ । सर्चका क्रममा सन् २०२६ अगस्ट १४ मा ‘Fire Service Uttarakhand Police’ नामक फेसबुक पेजमा उक्त भिडिओ अपलोड भएको पाइयो । हेर्नुहोस्, स्क्रिन सट :दाबी : ‘सुरुङ भित्रै पुगेर उद्धारमा जुटे सुदन गुरुङ’ भन्दै भाइरल भिडिओ
दाबीकर्ता : ‘‘The Birgunj News’ पेजसहित विभिन्न सामाजिक सञ्जाल प्रयोगकर्ता। तथ्य : भ्रामक (Misleading) । ‘‘The Birgunj News’ भन्दै दाबी गरिएको भिडियो भारतको उत्तराखण्डस्थित विष्णुगाढ़-पिपलकोटी जलविद्युत परियोजनाको सुरुङमा भएको दुर्घटनाको हो । झन्डै १५ दिन अगाडी १३ अगस्टको दिन उत्तराखण्डमा सो दुर्घटना भएको थियो। उक्त भिडियोको रसुवाको भोटेकोशीमा आएको बाढी र गृहमन्त्री सुदन गुरुङ सँग कुनै सम्बन्ध छैन ।
