नेपालको झण्डा
Ujyaalo Nepal News

Ujyaalo Nepal News | उज्यालो नेपाल न्युज - Nepali News, Chitwan News, Nepali Rashifal

ताजा खबर
लोड हुँदैछ...
नमुनाविज्ञापन ब्यानर · ७२८×९०सम्पर्क: ९८५५०८७४२४
नमुनाविज्ञापन ब्यानर · ७२८×९०सम्पर्क: ९८५५०८७४२४
नमुनाविज्ञापन ब्यानर · ७२८×९०सम्पर्क: ९८५५०८७४२४
ताजाखबर
नमुनाविज्ञापन · ३००×२५०सम्पर्क: ९८५५०८७४२४
नमुनाविज्ञापन · ३००×२५०सम्पर्क: ९८५५०८७४२४

उदयपुर सामुदायिक वनमा नवनिर्मित संरचना उद्घाटन, पर्यटन प्रवर्द्धनमा जोड

October 16, 2026

चितवन असोज ३०- कालिका नगरपालिका–स्थित उदयपुर सामुदायिक वनमा विजयादशमी, दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रमसँगै नवनिर्मित भौतिक संरचनाहरूको उद्घाटन गरिएको छ।

कालिका नगरपालिका र उदयपुर सामुदायिक वनको सहकार्यमा निर्माण गरिएका वाटर फाउन्टेन, विभिन्न प्रकारका पिङलगायत संरचनाहरूको उद्घाटन गरिएको हो।

कार्यक्रममा नगर प्रमुख बिनोद रेग्मीले नगरभित्रका पार्क तथा सार्वजनिक स्थलहरूलाई व्यवस्थित, सुन्दर र आकर्षक बनाउँदै नगरवासीका लागि मनोरञ्जन र विश्रामको उत्कृष्ट गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य रहेको बताए। उनले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गरी कालिकाको पर्यटन प्रवर्द्धन गर्न नगरपालिका र सामुदायिक वनबीचको सहकार्यलाई थप प्रभावकारी बनाइने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रमका सभापति तथा उदयपुर सामुदायिक वनका अध्यक्ष शंकर लामाले नवनिर्मित संरचनाले वन क्षेत्रलाई थप आकर्षक बनाउनुका साथै स्थानीयवासीको मनोरञ्जन र पर्यटन विकासमा योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

कार्यक्रममा नगर उपप्रमुख बिमला तामाङ, कालिकाका पूर्व नगर प्रमुख खुमनारायण श्रेष्ठ, वडा नं. ७ का अध्यक्ष कमलराज मोक्तान, वडा नं. ६ का अध्यक्ष टिकाराम रेग्मीलगायत सरोकारवालाहरूको उपस्थिति थियो।
 सामुदायिक वनका उपाध्यक्ष ज्ञानु कुमारले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन सचिव अनिता पौडेल ढकालले गरेकी थिइन्।
नमुनाविज्ञापन ब्यानर · ७२८×९०सम्पर्क: ९८५५०८७४२४