नेपालको झण्डा
Ujyaalo Nepal News

Ujyaalo Nepal News | उज्यालो नेपाल न्युज - Nepali News, Chitwan News, Nepali Rashifal

ताजा खबर
लोड हुँदैछ...
नमुनाविज्ञापन ब्यानर · ७२८×९०सम्पर्क: ९८५५०८७४२४
नमुनाविज्ञापन ब्यानर · ७२८×९०सम्पर्क: ९८५५०८७४२४
नमुनाविज्ञापन ब्यानर · ७२८×९०सम्पर्क: ९८५५०८७४२४
ताजाखबर
नमुनाविज्ञापन · ३००×२५०सम्पर्क: ९८५५०८७४२४
नमुनाविज्ञापन · ३००×२५०सम्पर्क: ९८५५०८७४२४

चितवनमा तीन सवारीसाधन एकआपसमा ठोक्किँदा १० जना घाइते

October 26, 2026
चितवन। पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–४ धारापानीमा तीनवटा सवारीसाधन एकआपसमा ठोक्किँदा १० जना घाइते भएका छन्।

मंगलबार बिहान करिब ९ः२० बजे काठमाडौँबाट मुग्लिङतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ज १२५९ नम्बरको माइक्रोबसलाई विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०३–००१ ख २७७७ नम्बरको बसले ठक्कर दिएको थियो। 

ठक्करपछि अनियन्त्रित भएको बसले सोही दिशातर्फ जाँदै गरेको प्रदेश १–०२–००२ ख ६१३ नम्बरको ट्रकलाई समेत ठक्कर दिएको प्रहरीले जनाएको छ।दुर्घटनामा बस र माइक्रोबसमा सवार १० जना घाइते भएका छन्। 

घाइतेमध्ये पाँच जनाको नाम खुलेको छ। उनीहरूलाई कुरिनटारस्थित सशस्त्र प्रहरी पृथ्वी हाइवे ट्रमा सेन्टर र इच्छाकामना गाउँपालिका अस्पतालमा उपचारका लागि लगिएको छ। 

प्रारम्भिक विवरणअनुसार इच्छाकामना गाउँपालिका अस्पतालमा उपचाररत घाइतेहरूको अवस्था सामान्य रहेको छ।दुर्घटनाका कारण राजमार्गको यातायात एकतर्फी अवरुद्ध भएको छ। सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ। अन्य घाइतेहरूको विवरण आउन बाँकी छ।
नमुनाविज्ञापन ब्यानर · ७२८×९०सम्पर्क: ९८५५०८७४२४