नेपालको झण्डा
Ujyaalo Nepal News

Ujyaalo Nepal News | उज्यालो नेपाल न्युज - Nepali News, Chitwan News, Nepali Rashifal

ताजा खबर
लोड हुँदैछ...
नमुनाविज्ञापन ब्यानर · ७२८×९०सम्पर्क: ९८५५०८७४२४
नमुनाविज्ञापन ब्यानर · ७२८×९०सम्पर्क: ९८५५०८७४२४
नमुनाविज्ञापन ब्यानर · ७२८×९०सम्पर्क: ९८५५०८७४२४
ताजाखबर
नमुनाविज्ञापन · ३००×२५०सम्पर्क: ९८५५०८७४२४
नमुनाविज्ञापन · ३००×२५०सम्पर्क: ९८५५०८७४२४

बेत्रावती स्थित फलाकु खोलामा सेनाले निर्माण गरेको एक्रो बेली ब्रिज सञ्चालनमा

October 10, 2026


काठमाडौँ । रसुवाको भोटेकोशी क्षेत्रमा भदौ १० गते आएको भीषण बाढीका कारण प्रभावित सडक यातायातलाई सहज बनाउने उद्देश्यले बेत्रावतीमा एक्रो बेली ब्रिज निर्माण गरी सञ्चालनमा ल्याइएको छ । बाढी आएको ४५ दिनपछि निर्माण सम्पन्न भएको बेली ब्रिजको नेपाली सेनाले आज एक कार्यक्रमबिच उद्घाटन गरेको हो।


बेली ब्रिज सञ्चालनमा आएसँगै बाढीका कारण प्रभावित बनेको सडक सम्पर्क पुनः सहज हुने अपेक्षा गरिएको छ। पुल सञ्चालनमा आएपछि स्थानीय बासिन्दा तथा उक्त सडकखण्ड भएर आवतजावत गर्ने यात्रु र सवारीसाधनलाई राहत पुग्ने विश्वास गरिएको छ।


भदौ १० गते भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीले सडक तथा पुलका संरचनामा क्षति पुर्‍याउँदा त्यस क्षेत्रको यातायात सेवा प्रभावित बनेको थियो। बेली ब्रिज निर्माणसँगै आवागमन सहज बनाउन महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ। तस्बिर : मनिस अर्याल / नेपाल फोटो लाइब्रेरी

ujyaalo nepal news


falakhu khola


नमुनाविज्ञापन ब्यानर · ७२८×९०सम्पर्क: ९८५५०८७४२४