नेपालको झण्डा
Ujyaalo Nepal News

Ujyaalo Nepal News | उज्यालो नेपाल न्युज - Nepali News, Chitwan News, Nepali Rashifal

ताजा खबर
लोड हुँदैछ...
नमुनाविज्ञापन ब्यानर · ७२८×९०सम्पर्क: ९८५५०८७४२४
नमुनाविज्ञापन ब्यानर · ७२८×९०सम्पर्क: ९८५५०८७४२४
नमुनाविज्ञापन ब्यानर · ७२८×९०सम्पर्क: ९८५५०८७४२४
ताजाखबर
नमुनाविज्ञापन · ३००×२५०सम्पर्क: ९८५५०८७४२४
नमुनाविज्ञापन · ३००×२५०सम्पर्क: ९८५५०८७४२४

‘५ औँ ‘सी’ लेभल डबल ब्याडमिन्टन प्रतियोगिता’ काे उपाधि ग्राबियल लामा र स्पर्श न्याैंपानेलाई

November 08, 2026
रत्ननगर, कार्तिक २२ । चितवनको रत्ननगरमा आयाेजित ‘५ औँ ‘सी’ लेभल डबल ब्याडमिन्टन प्रतियोगिताकाे उपाधि ग्राबियल लामा र स्पर्श न्याैंपानेकाे जाेडिले जितेकाे छ । 

जमुनापुर व्याडमिन्टन कोर्ट निर्माण उपभोक्ता समिति र जमुनापुर स्पोर्ट्स क्लब रत्ननगर-१२ को संयुक्त आयोजनामा भएकाे फाईनल खेलमा सुदिप शाह र सुन्दर भट्टराईकाे जाेडीलाई पराजित गर्दै ग्राबियल लामा र स्पर्श न्याैंपानेकाे जाेडिले रु. ४० हजार नगद पुरस्कारका साथमा ट्रफी, मेडल र प्रमाणपत्रसहित उपाधि जितेकाे हाे । 

त्यसैगरी, उपबिजेता सुदिप शाह र सुन्दर भट्टराईकाे जाेडिले रु. २५ हजार नगद पुरस्कारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेकाे आयोजक समितिका अध्यक्ष रेशमबहादुर ढकालले जानकारी दिए । यसैगरी, प्रतियाेगितामा सम्पद बस्नेत र सन्ताेष लामाकाे जाेडी तथा देवेन्द्र न्याैंपाने र रियाज भट्टकाे जाेडीले तृतीय स्थान हासिल गरे । उनीहरूले समान रु. १०/१० हजार नगद पुरस्कारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।

प्रतियाेगितामा ग्राबियल लामा उत्कृष्ट खेलाडी घाेषित भएकाछन् । उनलाई रू. ५ हजार नगद पुरस्कार सहित सम्मान गरिएको छ ।

सामाजिक एकता, युवा अनुशासन, पारस्परिक भावना तथा ब्याडमिन्टन खेलको विकास गर्ने उद्देश्यका साथ ‘राष्ट्रका लागि खेल, स्वास्थ्यका लागि खेल’ र ‘खेलौँ, रमाऔँ र स्वस्थ बनौँ’ भन्ने नारासहित रत्ननगर-१२ स्थित सगरमाथा बोर्डिङ स्कुलको प्राङ्गणमा यहि कात्तिक १९ गतेदेखि २२ गतेसम्म ‘५ औँ ‘सी’ लेभल डबल ब्याडमिन्टन प्रतियोगिता २०८३’ सञ्चालन भएकाे प्रतियोगिताका खेल संयोजक धर्मध्वज लम्सालले जानकारी दिए । 

खेलकाे समापन तथा पुरस्कार बितरण कार्यक्रममा वडा नं. १२ का वडा अध्यक्ष सुन्दरमणी सुवेदी, वडा नं. १५ का वडा अध्यक्ष आशिक तामाङ, वडा नं. १६ का वडा अध्यक्ष हेमराज थापा, वडा नं. ४ का वडा अध्यक्ष रामकुमार चाैधरी लगाएतकाे उपस्थित रहेकाे थियाे । 

स्थानीयस्तरमा खेलकुदको प्रवर्द्धनका लागि आयोजना गरिएको कार्यक्रम सञ्चालन वडा सदस्य एवं क्लबका सदस्य रामप्रसाद पाण्डेले गरेका थिए ।
नमुनाविज्ञापन ब्यानर · ७२८×९०सम्पर्क: ९८५५०८७४२४
मिति रुपान्तरण अयुनिकोड