चितवनका एक व्यवसायी दम्पती सवार कार सिन्धुलीमा दुर्घटना ,श्रीमतिको मृत्यु
चितवनका एक व्यवसायी दम्पती सवार कार सिन्धुलीमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परि रत्ननगर नगरपालिका- ३ निवासी अन्दाजी वर्ष ४४ की निशम रिजालको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा कार चालक पुरुषोत्तम रिजाल मध्यम घाइते भएका छन् । दुर्घटनामा गम्भीर घाइते निशमको उपचारको क्रममा बेलुका ६:१० बजे चितवन मेडिकल कलेज भरतपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
कारमा सवार दम्पती रत्ननगर नगरपालिका- ३ दालमोट उद्योगका संचालक रहेका छन् । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–३ तिनकुनास्थित मदनभण्डारी लोकमार्गमा बाग्मती प्रदेश–०१–०१८च ७७४१ नम्बरको कार साेमवार दिउसो १:५० बजे दु र्घटना भएकाे प्रहरीले जनाएको छ ।
सिन्धुलीबाट चितवनतर्फ आउदौ गरेको उक्त कार आफैँ अनियन्त्रित भई सडकको दाहिने साइडको भित्तामा ठोक्किएर दु र्घटना भएको प्रहरीले जनाएकाे छ ।

