राष्ट्रपति पौडेलको स्वास्थ्य परीक्षण: स्वास्थ्य अवस्था सामान्य

0
41
काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलको बाँसबारीस्थित शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा सामान्य स्वास्थ्य परीक्षण गरिएको छ ।
उहाँलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगिएको राष्ट्रपतिका निजी चिकित्सक डा निरज बमले राससलाई जानकारी दिनुभयो । “राष्ट्रपति पौडेललाई हाल सामान्य अब्जर्भेसनमा राखिएको छ” निजी चिकित्सक डा बमले भन्नुभयो ।
यसअघि राष्ट्रपति पौडेलको गत वैशाख ६ गते भारतको नयाँ दिल्लीस्थित एम्स अस्पतालमा उपचार गरिएको थियो । उहाँ उपचारपछि वैशाख १७ गते स्वदेश फर्कनुभएको थियो ।
यसैबीच शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा उपचार राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जानकारी दिएको छ ।
आज बिहान नियमित स्वास्थ्य परीक्षणका क्रममा अस्पताल पुग्नुभएका उहाँलाई अस्पतालले चिकित्सकको सल्लाहअनुसार २४ घन्टासम्म अवलोकनमा राख्ने अस्पतालका कार्यकारी निर्देशक डा चन्द्रमणि अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार राष्ट्रपति पौडेललाई भोलि बुधबारसम्म डिस्चार्ज गर्ने तयारी छ ।

https://www.ujyaalonepalnews.com/archives/28215

Previous articleकर्णालीका स्रोत साधनको पहिचान गरी लगानी गर्न मुख्यमन्त्रीको सुझाव
Next articleअन्तर क्षेत्रीय व्यापार विस्तार गर्न ‘कनेक्टिभिटी’ आवश्यक : अध्यक्ष ढकाल