अहिलेको नम्बर १ विकेट ‘टेकर’ मै हुँ : सन्दीप लामिछाने

0
26

नेपाली लेग स्पिनर सन्दीप लामिछानेले एसोसिएट राष्ट्रमा आफू नम्बर १ विकेट ‘टेकर’ भएको बताएका छन्। विश्वकप लिग २ अन्तर्गत ओमान सम्मिलित त्रिकोणात्मक सिरिजमा नेपालले अमेरिकालाई ८ विकेटले पराजित गरेपछि लेग स्पिनर लामिछानेले यस्तो प्रतिक्रिया दिएका हुन्।

एक सिरिजमा रसिद खानले पनि एक सिरिजमा उत्कष्ट प्रदर्शन गरेका थिए, अहिलेको तपाईंको प्रदर्शन पनि उस्तै छ नि भन्ने जिज्ञासामा उनले भने, ‘रसिद टेष्टका खेलाडी हुन्, एसोसिएटको अहिले म नै १ नम्बर हो, उसलाई भुलौँ।’

खेलमा नेपालको उत्कृष्ट प्रदर्शनको श्रेय भने सन्दीपले सुसन भारीलाई दिए। उसले सबै खेलमा राम्रो प्रदर्शन गरेको छ। सिरिजको प्रदर्शनलाई हेरेर यसको श्रेयको भागिदार सुसन भएको बताए। आजको खेलमा सन्दीपले ६ विकेट लिएका थिए। ओमानसँग आफूले विकेट लिन नसक्दा खेलमा केही प्रभाव परे पनि त्यसलाई सुधार गर्दै लैजानुपर्ने बताए।

Image may contain: one or more people, people playing sports and outdoor

यस्तै टोलीका कप्तान ज्ञानेन्द्र मल्लले आफूहरु सिरिजको सुखद अन्त्यको चाहनामा रहेकोले सोचेजस्तै नतिजा आएको बताए। ‘हामी सुखद अन्त्य चाहन्थ्यौँ तर आजको खेल सोचेभन्दा छिटो भयो। सुसन र सन्दीपले राम्रो प्रदर्शन गरेर यो सम्भव भएको हो’, उनले भने।

जारी सिरिजमा नयाँ खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गरेको उनले बताए। ओमानसँगको एक खेल्न जित्नपुर्ने भए पनि नतिजा त्यस्तो नआए पनि धेरै कुरा सिकेको प्रतिक्रिया दिए।

Image may contain: one or more people and outdoor

आगामी योजनाबारे उनले भने, ‘हामीले अझै थुप्रै खेल खेल्न बाँकी छ, अब ब्याटिङ लाइनलाई नै फोकस गर्नुपर्ने देखिएको छ।’ जारी सिरिजमा भएका स–साना गल्तीलाई केलाएर लानुपर्ने उनले बताए।

‘ओमानबाट धेरै सिक्न सकियो, फिनिसिङ लाइनअप र बलरलाई प्रयोग गर्ने तरिकाबारे धेरै जान्यौँ, अब यसलाई प्रयोग गर्दै लैजानुपर्छ’, उनले भने। 

सबै तस्बिरः क्रिकेट एसाेसिएसन अफ नेपाल (क्यान)

चौँरीदेउरालीका कृषकलाई ट्र्याक्टर र थ्रेसर वितरण

Previous articleहथौडा प्रहार गरी बृद्धको हत्या
Next articleविवाह बन्धनमा बाधिदै आंचल शर्मा