आमाको मायाले पुलपुलिएको खाडीको ‘तोरी लाउरे’

0
1182

आमाको मायाले पुलपुलिएको खाडीको ‘तोरी लाउरे

भोला थापा क्षेत्री / नेपाल, हाल कतार वरपर घनघोर जङ्गल छ । हरेक रात बाघ हिँड्छ । कहिलेकाहीँ आ’क्रमण पनि गर्छ । बाँदर र भालुले मकै सत्यनास पार्छ । दिउँसै समेत बस्न ड’र लाग्ने त्यो ठाउँ नजिकै एउटा सानो घर छ । करिब २/३ सय मिटरको दूरीमा रहेका अन्य घरहरु बोलाउँदा झट्टै नसुनिने कोल्टे परेको ठाउँमा छन् । एउटा गोठजस्तो घरमा आफ्ना साना छोराछोरी च्यापेर जीविकोपार्जन गर्दै आएकी मनमायाको कथा भने फरक छ ।

श्रीमान् पैसा कमाउन भारत जानुभएको धेरै भयो । श्रीमान भारत गएपछि मनमाया एक्ली भइन् । भारत गएपछि श्रीमानले मनमायालाई वास्ता गर्र्नै छाडे । लामो समयसम्म घर पनि फर्किएनन् । तर पनि मनमायाले हिम्मत हारिनन् । दैनिक ज्याला मजदूरी गरेरै भए पनि साना छोराछोरीलाई कहिल्यै भोकै राखिनन् ।

उनले आफ्नो गाँस काटेरै भए पनि छोराछोरीको पेट भोको हुन दिइनन् । पानी मात्रै पिएर पनि गाउँमा काम गर्न गएको पीडा सुनाउँछिन् कहिलेकाहीँ मनमाया । मनमायाले भोग्नुपरेको ग’रीबी । त्यसैमाथि श्रीमानको पनि अ’त्तोपत्तो नभएपछि छोराछोरीलाई विद्यालय पठाउने कुराले पनि पि’रोल्न थाल्यो । तर मज’दुरी गरेरै भए पनि छोराछोरीको लागि आवश्यक लत्ताकपडा, खाना र पढ्नको लागि किताबकापीको जोहो गरिन् । अनि नजिकैको सरकारी विद्यालयमा भर्ना गरिदिइन् ।

एक जोर नयाँ कपडा किन्न पनि दशैँ नै कुर्नुपर्ने थियो । कहिले छोराछोरीका त कहिले आफ्नै चप्पल चुँ’डिन्थे । गाउँमा लाहुरेले क्यासेट बजाएर फालेका ब्याट्रीका ढक्कनको सहारमा आफ्नो प’टुकी च्यातेर चप्पलको फिता गाँस्थिन् । यसैगरी काम चल्थ्यो । श्रीमान् नभएपछि मनमा अनेकथरी तर्क’ना आउँथे । कहिले श्रीमान् बे’पत्ता भएको पी’डा त कहिले छोराछोरीको भविष्यको चिन्ता । कहिलेकाहीँ मन बहकिन्थ्यो । राति निद्रा लाग्नै नमान्ने ।

उनको दैनिकी निरन्तर चल्दै गयो । गरिब भएपछि समाजले हे’प्ने प्रवृत्ति त्यो समाजमा पनि नहुने कुरै भएन । कतिले त उनलाई छोराछोरी छोडेर अर्कैसँग बिहे गर्न पनि भने । मान्छे पनि कतिसम्म नि’र्दयी । यस्तो सल्लाह कसरी दिन सक्छन् होला । तर मनमायालाई भने कसैको सल्लाहले केही फरक पारेन । कसैले यसो भन्दा आफ्ना आँखा अगाडि आफ्ना स–साना छोराछोरीको हाँसो सम्झिन् । उनीहरुका आँसु सम्झिन् । आमा भन्दै बोलाएका भाका सम्झिन् । उनको मनले छोडेर जाने कल्पना पनि गर्न सकेन ।

वर्ष बित्दै गए । विस्तारै मनमायाका छोराछोरी पनि घरको काममा सघाउन सक्ने भए । बिहानको खाना र पानी–पँधेरो आफैं गर्न सक्ने भए । मनमायाको मनमा खुसी थपियो । मन मनै भन्न थालिन् –‘अब म मेरेर गए पनि मेरो छोराछोरी भोक भोकै मर्दैनन् ।’ एउटी आमाको आफ्ना छोराछोरीप्रतिको अगाढ माया । छोराछोरी हुर्किएपछिको खुसी । अब मनुमायालाई पनि अलि ढुक्क लाग्न थाल्यो । तर पनि हजारौं प्रश्न मनमा कुदिरहन्थे ।

समय बित्दै गयो । छोराको ओठमा जुँगाको रेखी बस्न थालिसक्यो । छोराले कमाउन जाने कुरा गर्न थाल्यो । बल्ल मनमायालाई लाग्यो अब छोरो ठूलो भयो । विस्तारै आफ्नो ह’राएको श्रीमान् भेटिने आशा पनि बढ्न थाल्यो । त्यसपछि मनमायाले आफ्नो गाउँकै एक व्यक्तिको सहारमा छोरालाई हराएको बाबु खोज्न भारत पठाइन् ।

एक महिनापछि श्रीमान् भारतमै रहेको खबर पाइन् मनमायाले । यो खबर सुनेर उनको खुसीको सीमा नै रहेन । त्यसपछि अहिलेसम्म भोगेका सबै कुरा बिर्सिइन् । दिमागमा आफ्ना हराएका श्रीमान्को तस्बिर नाच्न थाल्यो । अहिले कस्तो भएका होलान् भन्ने कुराले मनमा तरङ्ग ल्याइरह्यो । आफूले भेट्ने छट्पटीले सताउन थाल्यो । जे भए पनि वर्षौंसम्म मनमा रहेको प’त्थर हटेजस्तो भयो ।

सधैंभरी कर्मलाई दोष दिइरहने मनमायाको अँध्यारो छाएको अनुहारमा श्रीमान् भेटेको खबरपछि उज्यालाका सुनौला किरण थपिए । मनमायाको सधैं बादलिएको अनुहार भिन्दै भयो । केही दिनपछि छोरो कृष्ण र श्रीमान् घर आइपुगे । हेर्न गाउँलेको घुइँचो लाग्यो । अघिपछि कुरा काट्ने गाउँले त्यसपछि प्रशंसा गर्न थाले । ‘हरा’एको भन्थे आएछ धन्न, श्रीमती ठीक थिई बालबच्चा पालेर बसी’ सधैं हे’प्ने छिमेकीले अहिले यसो भन्दा मनमायालाई भने कताकता दुः’ख लागिरह्यो ।

लेखक: भोला थापा क्षेत्री / नेपाल, हाल कतार

वर्षौंपछि हराएका श्रीमानसँग भेट भयो । परिवारमा खुसी थपियो । सबै कुरा राम्रो चल्दै थियो । विस्तारै कृष्णले अलिकति कमाउन थाले । त्यसपछि घरबाट विहेको कुरो छिनियो । ऋ’ण काढेरै भए पनि राम्रैसँग छोराको बिहे गरे । बिहे गरेपछि कृष्ण श्रीमती लिएर कमाउन फेरि सहर पसे । नेपालमै सहरको कमाइले चित्त नबुझेपछि बढी पैसा कमाउने आशामा श्रीमतीलाई सहरमै छाडेर कृष्ण फेरि खाडी पुगे ।

कृष्ण खाडीमा धेरै कमाएर श्रीमतीलाई पठाउने गर्थे । पहाडजस्तो दुः’खलाई सहेर पनि आफूलाई हुर्काउने आमाको माया भन्दा कृष्णलाई श्रीमतीको माया बढी लाग्न थाल्यो । श्रीमतीसँग दिनहुँ म्यासेन्जरमा भिडियो कुराकानी भइरहन्थ्यो तर उता आमासँग नबोलेको महिनौं भइसक्थ्यो । घरबाट आमाले फोन गरे मात्र कुरा हुन्थ्यो । एक दिन खाडीमा बालुवाको रापमा बेल्चा हान्दै थिए, कृण्ण । यत्तिकैमा उनको फोनमा घण्टी बज्यो । नचिनेको नम्बरबाट आएको कल उठाए ।

‘ए बाबु तिमी कृष्ण हौ ?’, हो भन्न नपाउँदै उताबाट दबि’एको बुढो आवाज सुनियो, ‘म तिम्रो घरबेटी बज्यै, हेर त तिम्री श्रीमती हिजोदेखि यो सानो बच्चालाई मकहाँ छोडेर एक जना पुरुषसँग बजार गएकी थिइन् अहिलेसम्म घर फर्किएकी छैनन्, तिमी छिट्टै नेपाल आउ है ।

यति सुनेपछि कृष्णको मुखबाट केही आवाज फुटेन । एक हातमा मोबाइल र अर्को हातको बेल्चा एक्कासी हातबाट बालुवामा खस्यो । एक्कासि आमाको याद आयो । त्यति धेरै माया गर्ने आमालाई नबुझेर धोका दिएर जाने श्रीमतीको मायामा फसेको सम्झिंदै बालुवामा आँशु खसाले । ‘साँच्चै म तोरी लाउरे नै हो’ उनले मनमनै भने, ‘मैले आमाको मायालाई बुझ्नै सकिनँ ।’

जसोतसो मन सम्हाले कृष्णले । अहिलेसम्म कमाएको पैसा जति सबै श्रीमतीलाई पठाइसकेको थिए । अब त घर फर्किनको लागि पनि पैसा बाँकी थिएन । घर पुगेपछि पठाइदिन्छु भनेर साथीसँग सापटी मागेर त्यसपछि नेपाल फर्किए कृष्ण ।  श्रीमतीको खोजी गर्दा कहीँ भेटिएन । त्यसपछि सानो छोरालाई बोकेर आमाबुवाको शरणमा त्यही पुरानो गाउँमा पुगे । अहिले उही अन्तरे काकाको खेतमा विरक्तका गीत सुन्दै छोरोलाई पिठ्यूँमा बोकेर हलो जोती रहेका छन्, कृष्ण । उज्यालो अनलाईन 

तपाईको प्रतिक्रिया