ट्रमा सेन्टरका लागि बेलबारी नगर प्रमुखले २ विगाह जग्गा दिने घोषणा

0
106
Five cats looking around a field.

सुन्दरहरैंचा / मोरङको बेलबारी नगरपालिका स्थित नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले ट्रमा सेन्टर अस्पताल बनाउनका लागि २ विगाह जग्गा दिने घोषणा गरेका छन् । बेलबारी ५ मा रहेको कसेनी स्वास्थ्य चौकीको नवनिर्मित भवन तथा ल्याव सेवाको उद्घघाटन गर्दै नगर प्रमुख सुवेदीले बेलबारी बजार नजिकै रहेको जग्गा दिने घोषणा गरेका हुन् । सुवेदीले बेलायती एक संस्थाले ट्रमा सेन्टर बनाउँनका लागि जग्गा उपलब्ध गराउन माग गरेकाेले सम्बृद्ध नगर खुसी नगरवासी भन्ने नपाको नारालाई साकार बनाउन लागेको हुंदा संस्थासँग यहि माघ महिना भित्र नै ट्रमा सेन्टर बनाउन सम्झौता गर्ने बताए ।

चोटपटकबाट मृत्युको मुखमा पुगेका घाइतेहरूलाई जीवन दिने ठाउँको रुपमा ट्रमा सेन्टरलाई लिईन्छ । दुर्घटना वा प्रकोप स्थलबाट सामान्य अस्पतालका आकस्मिक कक्षमा पु-याइने हुँदा घाइतेले आवश्यक सबै किसिमका विशेषज्ञ सेवा नपाउँने गरेका कारण उचित ढङ्गले ट्रमा सेन्टर पु-याउन सके चोटपटकका बिरामीहरू पहिलाकै अवस्थामा फर्किन सक्ने सम्भावना भएको हुंदा ट्रमा सेन्टर सगै १५ सया वेडको अस्पताल समेत संचालन गरिने नगर प्रमुख सुवेदीले जानकारी दिए । सुवेदीले यसैबर्ष देखी बेलबारीका सवै वडामा स्वास्थ्य चौकीहरु बनाई सक्ने घोषणा समेत गरेका छन् । ११ वडा रहेको बेलबारीमा २,३,६,र १० नम्बर वडामा यसै अार्थिक बर्ष भित्रमा स्वास्थ्य चौकीहरु बनाउने नगर प्रमुख सुवेदीले उद्घघाेष गरेका छन ।

यस अघि पनि एक सामाजिक संस्थालाई ८ बिगाहा जग्गा नगर प्रमुख सुवेदीले जनयुद्ध प्रतिष्ठान नेपाललाई बेलबारी बजार नजिकै दिएका छन । जनयुद्ध स्मृति प्रतिष्ठानले समेत डिपिआर बनाई सकेको जानकारी प्राप्त भएको छ । संग्रहालयमा कम्युनिस्ट आन्दोलन तथा जनयुद्धको इतिहास झल्कने गरी पार्क निर्माण गरिनेछ । संग्रहालयमा नेपालमा विभिन्न समयमा भएका जनयुद्धसँग सम्बन्धित सामग्रीहरू राखिने प्रतिष्ठानका अध्यक्ष साबित्रीकुमार काफ्लेकाे भनाइ छ ।

संग्रहालयमा शान्ति सम्झौतामा हस्ताक्षर गर्ने तत्कालीन माओवादीका अध्यक्ष प्रचण्ड, कांगे्सका तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला, पुष्पलाल, मदन भण्डारी तथा विभिन्न समयमा सहिद भएकाहरूको सालिक समेत राखिने डिपिआरमा उल्लेख गरिएको बेलवारी नगरपालिकाका नगर प्रमुख सुवेदीका प्रेस संयाेजक उत्तम पाेखरेलले पुर्वेली न्यूज संगकाे कुराकानीमा जानकारी दिए ।

The post ट्रमा सेन्टरका लागि बेलबारी नगर प्रमुखले २ विगाह जग्गा दिने घोषणा appeared first on Purbeli News.

तपाईको प्रतिक्रिया
यो सामग्री पढेर तपाईलाई कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0