के बंगलादेशलाई चीनको सहयोग अन्य उद्धेश्यले प्ररित रहेको छ ?

0
34
Five cats looking around a field.

– स्यामुएल बैद
दक्षिण एसियामा पाकिस्तान पछि बंगलादेश चिनियाँ लगानीको दोस्रो ठूलो ठूलो उपभोगकर्ता रहेको छ । ब्रिटिस बैंक स्टान्डर्ड चार्टडका अनुसार चीनको बेन्ट एन्ड रोड इनिसिएटिभको बंगलादेशमा ३८ विलियन अमेरिकन डलर लगानी रहेको छ ।

सन् २०१६ मा बंगलादेशको भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सि जिङ पिङले २०२० सम्म भारतको भन्दा बढी त्यहाँका २७ विकास आयोजनामा चीनले २० विलियन डलर भन्दा बढी ऋण दिने बताएका थिए । तर निर्धारित समयमा चीनले पाँच प्रतिशत मात्रै ऋण दिएको छ, जो, बंगलादेशको मुद्रा अनुसार ८१.६० विलियन जति मात्र छ ।

अक्टोबर १४, २०१९ का दिन बंगलादेशका संरक्षणात्मक विशेषज्ञ मोहम्मद फौजल कवीर खानले प्राथोन अलोमा प्रकाशित एक लेख मार्फत भनेका छन्, ‘चीनले आफ्नो राजनीतिक प्रभुत्व विस्तार गर्न त्यत्रो ठूलो सहयोगको प्रतिवद्धता गरेपनि सही अर्थमा योजनाको कार्यान्वयनका लागि सहयोग प्रदान नगरिएकाले योजना कार्यान्वयन गर्न ढिलो भएको छ ।’ बंगलादेशको समचारपत्र द डेली स्टार ले आफ्नो अक्टोबर १९ को अंक मार्फत उल्लेख गरेको छ की चीनले ३ विलियन भन्दा बढी १ बर्षमा कुनै पनि देशलाई भुक्तानी दिदैन ।

जुन २०१९ मा बंगलादेशका प्रधानमन्त्री शेख हसिाना बेइजिङ पुगेर चिनियाँ नेतृत्वसँग प्रतिवद्धता कार्यान्वयनमा भएको ढिलाई प्रति ध्यानाकर्षण गराउँदा समेत कुनै प्रगति नभएको बताइन्छ ।

उनको चीन भ्रमणमा असफलताबारे केही आन्तरिक माध्यमहरुले समचार सम्प्रेषण गरेको फलस्वरुप चीन र बंगलादेशबीच १.७ विलियन ऋण जलस्रोत क्षेत्रका लागि उपलब्ध गराउने गरी नयाँ सम्झौता गरिएको थियो । तिनीहरुले चीनको प्यारो योजनाः बंगलादेश–चीन–भारत–म्यानमार इकोनोमिक करिडोर प्रोजेक्ट समेतका विषयमा छलफल गरेका थिए ।

तर बंगलादेशका जनताहरु अहिले पनि चीनले प्रतिवद्धता पुरा नगरेको त्यसबारेमा सरकार र चीनको धारणा पर्खिरहेका छन् । वास्तविकता यो छ की चीनले ऋण प्रदान गर्ने क्षमता निरन्तर घट्दै गएको छ । जसको कारण अमेरिकासँगको व्यापार युद्ध हो ।

यस्ता क्षेत्रमा भारतको एक आर्थिक र सैनिक शक्तिको उद्धेश्यले गर्दा चीनले गम्भिर चुनौति मोल्नु परेको छ । बंगलादेश आफैले पाकिस्तानमा चीनले ‘चीन–पाकिस्तान इकोनोमिक करिडोर’ अन्तरगत राखेको लगानीबाट सवक सिक्न सक्छ ।

प्रारम्भिक अवस्थामा त्यो पाकिस्तानका लागि परिवर्तनकारी सम्झिएपनि कालान्तरमा सेतो हात्तिकोरुपमा परिणत भएको छ । भूमी अधिग्रहण र स्रोतको दुरुपयोग अहिले सि.पि.इ.सी को क्रममा पाकिस्तानका लागि सामान्य भइसकेको छ । चिनियाँ चिनियाँ ऋण भुक्तानी क्षेतिपूर्ती गर्न पाकिस्तान असफल रहेका कारण अहिले सि.पि.इ.सी प्रोजेक्टहरुमा चिनियाँ मुद्राको प्रयोगका लागि बाध्य पारिएको छ ।

पाकिस्तानको सार्वभौमसत्ता खतरामा पर्ने देखिएको छ । किनकी पाकिस्तानी बौद्धिकरुले सि.पि.इ.सी लाई न्यू इस्ट इन्डिया कम्पनी भन्न थालेका छन् ।

भारतका छिमेकी देशहहरुका लागि चिनियाँ सहयोग ती देशहरुको विकासका लागि हुनुभन्दा बढी राजनीतिक उद्धेश्यले प्रेरित रहेको छ । सोही कारण बंगलादेश अर्को पाकिस्तान बन्ने खतरा समेत रहेको बताइन्छ ।

किनकी उसले चीनले दिएको ऋणको प्रतिफलस्वरुप आर्थिक मात्र होइन सामाजिक विनाशसँग समेत जुध्दै आउनु परेको छ ।

बंगलादेशलाई चीनले झण्डै ४६ बर्ष अघि देखि नै आफ्नो नियन्त्रणमा राख्ने प्रयास गर्दै आएको थियो, आज चीनको राजनीतिक स्वरुपलाई आफ्नो देशमा लागु गर्ने एक महत्वपूर्ण निकाय बन्न पुगेको छ ।

तपाईको प्रतिक्रिया
यो सामग्री पढेर तपाईलाई कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0