गुल्मीमा राहदानी लिनेको संख्या दोब्बरले बृद्धि

0
38

गुल्मी- गुल्मीमा आर्थिक वर्ष ०७९/ ०८० मा राहदानी लिने संख्यामा बृद्धि भएको छ । जसले गर्दा राजस्व संकलनमा पनि बृद्धि भएको हो ।

जिल्ला प्रशासन कार्यालय गुल्मीले बुधबार सार्वजनिक गरेको वार्षिक प्रगती प्रतिवेदनमा यस वर्ष १५ हजार ८६ जनाले राहदानी लिएको तथ्याङ्कमा उल्लेख छ । जिल्लामा राहदानीबाट मात्रै एक आर्थिक वर्षमा ७ करोड ३१ लाख ९० हजार राजस्व संकलन भएको जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत नरेश गिरीले बताउनुभयो ।

अघिल्लो आर्थिक वर्ष ०७८-०७९ मा ७ हजार ४ सय ९ जनाले राहदानी लिएका थिए । अघिल्लो आर्थिक वर्षमा ३ करोड ७१ लाख ६७ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको थियो ।

गत वर्षको तुलनामा गएको आर्थिक वर्षमा राहदानी लिनेको संख्या र राजस्वमा दोब्बरले बृद्धि भएको प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले बताउनुभयो ।

यसैगरी जिल्लामा अघिल्लो वर्षको तुलनामा नयाँ नागरिकता लिनेको संख्यामा भने कमी आएको छ । यसवर्ष १० हजार ३६७ जनाले नागरिकता लिएका छन् । अघिल्लो वर्ष १३ हजार ५९५ जनाले नागरिकता लिएका थिए ।

https://www.ujyaalonepalnews.com/archives/29496

Previous articleबुढीगण्डकी ‘रेडी टु गो’ आयोजना हो : प्रधानमन्त्री दाहाल
Next articleफोहर ब्यबस्थापन गर्दै वडा कार्यालय