धादिङमा अण्डाको मूल्य ह्वात्तै बढ्यो

0
43

धादिङ- यस वर्ष धादिङमा कुखुराको अण्डाको मूल्य ह्वात्तै आकासिएको छ । बजारमा हाल अण्डाको विक्रि मूल्य अहिलेसम्मकै उच्च हो । गत महिनासम्म ३८०।– रुपैया प्रतिक्रेटमा उपभोक्ताहरुले खरिद गर्दै आएको कुखुराको अण्डाको मुल्य अहिले ४८०।– रुपैयाँसम्म पुगेको छ ।

विषेश गरी चाडपर्वका समयमा आकासिने विकासे प्रजातिको कुखुराको अण्डाको मूल्य यस वर्ष भने पर्व सुरु हुनु अगावै बृद्धि भएको हो । यो मुल्य अहिलेसम्मकै उच्च भएको किसानहरुले बताएका छन् । जस्ले गर्दा उपभोक्ताहरु भने महङ्गो मूल्य तिरेर नै अण्डा उपभोग गर्न बाध्य भएका छन् ।

किसानहरुले गतसालको तुलनामा अण्डाको मूल्य निकै राम्रो पाएको बताउँदै दानाको मूल्यमा भने खासै उतारचढाव नआएको बताएका छन् । कुखुराको दानाको मूल्य भने अझै केही घटेको किसानहरुको भनाई छ । कुखुरा पालक किसानको संख्यामा कमी आउनु र भारतीय बजारबाट आयात हुने अण्डा रोकिएका कारण पनि मूल्य राम्रो पाएको किसानहरुको भनाई छ ।

आजकाल किसानहरुले उत्पादन गरेको अण्डा फर्मबाटै प्रतिक्रेट ४५०।– रुपैयासम्म विक्रि हुने गरेको छ । कोरोना महामारीका कारण धेरै अण्डा उत्पादक कुखुरा पालक किसानहरु विस्थापित भएको र उत्पादनको तुलनामा माग निकै बढेको छ ।

उपभोक्ताहरुले धादिङको बजारमा अण्डा किन्दा प्रतिअण्डा खुद्रा मूल्य अहिले अठारदेखी बीस रुपैयासम्म पर्न गएको छ । अहिले अण्डाको बृद्धि भएको मुल्य कायम नै हुने र भारतीय बजारबाट आयात गरिने अण्डामा पुर्णरुपमा रोक लगाउने हो भने देशलाई नै अण्डा उत्पादनमा आत्मनिर्भर बनाई किसानहरुको आर्थिक अवस्था मजबुत बनाउन टेवा पुग्ने छ ।

कुखुरा पालक किसानहरु विस्थापित भएसँगै जिल्लामा उत्पादन भएको अण्डाले धादिङमा माग थेग्न भने नसक्ने अनुमान किसानहरुको छ । धादिङ जिल्लाभर अहिले अण्डा उत्पादनका लागी ठूला साना गरी एक सय घर परिवार किसानहरुले कुखराको ब्यवसायिक पालन गर्दै आएका छन् । यसको संख्या गत दुई वर्ष अघिको तुलनामा आधाले घटेको हो ।

https://www.ujyaalonepalnews.com/archives/29790

Previous articleयसवर्षको जुलाई महिना विश्वकै सर्वाधिक तातो महिना हुने
Next articleभ्रष्टाचारमा संलग्न जुनसुकै पार्टी र परिवार भए पनि कारबाही हुन्छ : उपप्रधानमन्त्री श्रेष्ठ