सरकारले संसद्लाई ‘बिजनेस’ दिन सकेन : सभापति लामिछाने

0
23

चितवन- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारले संसद्लाई पर्याप्त ‘बिजनेस’ दिन नसकेको बताउनुभएको छ । चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीसित कुरा गर्दै उहाँले धेरै कानुन निर्माण गर्नुपर्ने संसद्ले पर्याप्त बिजनेस नपाएको गुनासो गर्नुभयो ।

सभापति लामिछानेले भन्नुभयो, “भ्रष्टाचारका मामलामा सरकारले केही गर्न खोजेको हो कि जस्तो देखिएको छ । केही राम्रा सङ्केत पनि देखिएका छन् । तर ति पर्याप्त छैनन् ।” सरकारको मूल्याङ्कन गर्ने धेरै आधार हुने उल्लेख गर्दै उहाँले सुशासनका लागि चाल्न खोजेका कदम सकारात्मक भएको बताउनुभयो ।

सुनकाण्डमा सरकारले चित्तबुझ्दो काम गर्न नसकेको उल्लेख गर्दै सभापति लामिछानेले भरिया समाउने र मालिक उम्काउने खेल हुनसक्ने भन्दै सबैलाई सचेत हुन आग्रह गर्नुभयो । “गलत कुरालाई पार्टीभित्र प्रवेश गर्न दिँदैनौँ”, उहाँले भन्नुभयो । पार्टीमा धेरै थरीका व्यक्तिको प्रवेश भएको जिकिर गर्दै सभापति लामिछानेले गलत गर्ने जो कोहीलाई पनि कारबाही गरिने बताउनुभयो ।

https://www.ujyaalonepalnews.com/archives/29802

Previous articleमुलुकलाई चामलमा आत्मनिर्भर बनाउने लक्ष्यमा वीरेन्द्रबहादुर बस्नेत
Next articleअरु देशका केन्द्रीय बैंकले कडा नीति लिइरहँदा हामीले लचिलो मौद्रिक नीति ल्यायौँ : गभर्नर अधिकारी