नेपालकी प्रेरणा र भारतका अमनलाई जुनियर यु–१८ को उपाधि

0
31

अन्तर्राष्ट्रिय टेनिस फेडेरेसन (आईटीएफ)को विश्व वरियता जुनियर यु–१८ टेनिस प्रतियोगिताको महिलातर्फको उपाधि प्रेरणा कोइरालाले जितेकी छन्।

कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशाला टेनिस कोर्टमा आयोजित शनिबारको फाइनलमा कोइरालाले अभिलाषा विष्टलाई ६–२, ६–४ ०–७, ६–१ को सेटमा पराजित गर्दै उपाधिसहित ३० अंक बटुलिन्।

यता, पुरुषतर्फ भारतीय खेलाडी अमन दहियाले आफनै देशका जम्सिन सिधानालाई सोझो सेटमा पराजित गरे। दहियाले ६–४, ६–१ को सेटमा पराजित गर्दै सर्किट २ को उपाधि आफनो नाममा लेखाउँदै ३० अंक जोडे।

अघिल्लो शनिबार आयोजित प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीले प्रतिस्पर्धा गरेका थिए। नेपाली १८ जना खेलाडीले प्रतिस्पर्धा गरेको प्रतियोगिताका संयोजक तथा कास्की जिल्ला टेनिस संघका सल्लाहकार सूर्य भुजेलले बताए।

पोखरामा आयोजित जुनियर टेनिस यो दोस्रो पटक हो। गतवर्ष यु–१४ सर्किट १ र २ को प्रतियोगिता पोखरा रंगशाला टेनिस कोर्टमा आयोजना गरिएको थियो।

वित्तीय संरक्षण कार्यक्रम मोरङमा प्रभावकारी बन्दै

Previous articleवुहानबाट नेपालीको उद्धारमा सरकारको तदारुकता : १ सय ८० लाई आइतबारसम्म ल्याई व्यवस्थापन गरिने
Next articleशहीद स्मारक लिग : आर्मीलाई हराउँदै मच्छिन्द्र क्लब च्याम्पियन