पहिराले सालझण्डी–ढोरपाटन सडक अवरुद्ध

0
36

ढोरपाटन- अबिरल वर्षाका कारण सालझण्डी–ढोरपाटन सडक अवरुद्ध भएको छ । आयोजनाको बुर्तिबाङ–ढोरपाटन सडकखण्डअन्तर्गत ढोरपाटन नगरपालिका–५ र ६ को सिमाना दोगाडी नजिकै सडक अवरुद्ध भएको हो ।

माथिदेखि खसेको ठूलो पहिराले सडक अवरुद्ध बनेको ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायतले जानकारी दिनुभयो । बिहीबार दिउँसो खसेको पहिरो आज बिहानसम्म पन्छाउन सकिएको छैन । बिहानैदेखि सडक खुलाउने प्रयास भइरहेको छ ।

उपप्रमुख कायतले भन्नुभयो, “दोगाडी पक्की पुल नजिकै ठूलो पहिरो खसेर सडक पूर्णरूपले अवरुद्ध भएको छ, ठूलो वर्षा भएको हुँदा बिहबिार खुलाउन सकिएन, आज खुलाउने प्रयासमा छौँ, पहिराले सडकमा अत्यधिक क्षति पुर्याएको छ ।”

सडक अवरुद्ध हुँदा ढोरपाटन जाने र फर्किने पर्यटक बीच बाटोमै अलपत्र छन् । ढोरपाटन, बोबाङ, फल्लेघरलगायत ठाउँबाट बुर्तिबाङ, पोखरा, काठमाडौँ, बुटवलतर्फ जाने सवारीसाधन ठप्प छन् । यो समय ढोरपाटन घुम्ने याम भएको हुँदा धेरै पर्यटकले बीच बाटोबाटै फर्किनुपरेको स्थानीयको भनाइ छ ।

https://www.ujyaalonepalnews.com/archives/29975

Previous articleमुलुकको अर्थतन्त्र सहज बन्दै : अर्थमन्त्री महत
Next articleजनमत पार्टीले सरकारलाई दिएको समर्थन निरन्तर रहने