(तस्बिर: सांकेतिक रुपमा प्रयोग गरिएको/ गुगल बाट)

विदेश लैजान्छु भनेर दला’लले अर्काको देशमा अ’लपत्र पारेका २ नेपाली महिलाको उद्दार

कैलाली । भारतको नयाँदिल्लीमा अल’पत्र परेका दुई महिलाको माइती नेपालको पहलमा उद्धार गरी धनगढी पुर्याइएको छ । कुवेतमा नो’करी लगाइदिने भन्दै दला’लले दिल्ली पु¥याएर अल’पत्र पारेपछि मकवानपुरकी ५२ वर्षीया महिला र रौतहट माइतीघर भई भारतको बिहार घर भएकी २९ वर्षीया महिलाको उद्धार गरिएको हो । २९ वर्षीया महिलासँग दुई नाबालक छोरीसमेत छन् ।

(विदेशमा रहनुभएका साथीहरुले, विदेशको ताजाताजा समाचार, नेपाली राजदुताबासको सुचना, फ्लाईटहरु बारे जानकारीको लागी यो ग्रुपमा ज्वाईन हुनुहोला ! ग्रुपमा जोडिन यँहा क्लिक गर्नुहोस !)

Click Here

घरमा सासू, ससुरा, देवर र श्रीमानको दु’र्व्य’वहार झे’ल्दै आएकी उनी द’लालको फ’न्दामा परेर दिल्ली पुगेको पाइएको माइती नेपाल धनगढी शाखा प्रमुख शिवनारायण चौधरीले बताए । उद्धारका लागि पीडित माइती पक्षले दिएको निवेदनपछि उनको उद्धार गरिएको जनाइएको छ ।

(तस्बिर: सांकेतिक रुपमा प्रयोग गरिएको/ गुगल बाट)

यो पनि पढ्नुहोस: यो दशैमा घर आउंदै हुनुहुन्छ? भन्सार नतिरी के कति सामान ल्याउन पाईएला ??

यस्तै कुवेत जानका लागि दिल्लीमा पासपोर्ट बनाउन आउनु भन्दै द’लालले दिल्ली पुर्याएर अल’पत्र पारेकी मकवानपुरकी ५२ वर्षीया महिलाको पनि उद्धार गरिएको छ । दिल्लीमा एक नेपाली महिलाको सम्पर्कमा आएपछि उनको उद्धारको पहल गरिएको थियो । प्रलो’भनमा पारी यी दुई महिलालाई दिल्ली पुर्याउने द’लाल भने फ’रार भएको जनाइएको छ ।

यो पनि पढ्नुहोस्: युएईमा हुनुहुन्छ? कमेन्ट गर्दा विचार गर्नुस: २ लाख ५० हजार देखि पाँच लाख दिर्हामसम्म जरि’वाना तिर्न पर्ला

यसअघि गत असोजमा पनि माइती नेपालले दला’लको फ’न्दामा परेर भारत जाँदै गरेकी नवलपरासीकी एक महिलाको पनि कैलालीको त्रिनगर सीमानाकाबाट उद्धार गरेको थियो । “दिल्लीमा रहेको दलालले महिनामा रु ४० हजार पाइन्छ भन्दै उतै बोलाएका रहेछन्”, चौधरीले भने, “उहाँ दिल्ली जाँदै गर्दा त्रिनगरनाकाबाट उद्धार गरेका थियौँ ।” (तस्बिर: सांकेतिक रुपमा प्रयोग गरिएको/ गुगल बाट)

तपाईको प्रतिक्रिया