काठमाडौं-राजविराज उडानमा बुद्ध एयरकाे आकर्षक छुट

0
41
Five cats looking around a field.

काठमाडौं । काठमाडौं-राजविराज उडानमा बुद्ध एयरले आकर्षक छुट दिने भएकाे छ । आउँदो माघ १८ गतेदेखि बुद्ध एयरले आकर्षक छुट सहित काठमाडौं-राजविराज नियमित उडान सुरु गर्ने भएकाे हाे । बुद्धको लागि नयाँ गन्तब्य हो। बुद्धले यो गन्तब्यमा एटिआर-७२ मार्फत सातै दिन उडान गर्ने जनाएको छ। बुद्धले हरेक दिन बिहान ११: २५ बजे काठमाडौँबाट राजविराज र १२:२० बजे राजविराजबाट काठमाडौँको उडान सुरु गर्दै जनाएकाे छ ।

याे उडानबाट राजविराज लगायत लहान, गाइघाट, उदयपुर, सुनसरी लगायत क्षेत्रका सर्वसाधरणलाई सुविधा पुग्ने छ । ‘राजविराज वरपर भएका सर्वसाधरणको मागलाई केन्द्रित गर्दै बुद्धले यो गन्तब्यमा एटिआर-७२ जहाज उडान गर्ने योजना बनाएकाे कम्पनिले जनाएकाे छ ।

तत्कालीन यातायात मन्त्री गणेशमान सिंहले ०१६ सालमा विमानस्थलको शिलान्यास गरेका थिए । कच्ची धावनमार्ग र अन्य प्राविधिक समस्या देखाउँदै विमानस्थल बन्द भएको थियो । दशक अगाडिसम्म पनि विमान सन्चालन भइरहेकोमा त्यसपछि पुनः बन्द भएको थियो । करिब ३० करोड ३० लाखको लागतमा विमानस्थल निर्माण गरिएको थियाे ।

The post काठमाडौं-राजविराज उडानमा बुद्ध एयरकाे आकर्षक छुट appeared first on Purbeli News.

तपाईको प्रतिक्रिया
यो सामग्री पढेर तपाईलाई कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0