निबाली ? माशाअ’ल्लाह ! निबाली वाइद हेलो, तैइब यानी… दुबईको मेट्रो स्टेसनमा भेटिएकी सुल्तना

4
7472

निबाली ? माशाअ’ल्लाह ! निबाली वाइद हेलो, तैइब यानी… दुबईको मेट्रो स्टेसनमा भेटिएकी सुल्तना

अविरल यात्री दुबई । दशैँकाे पूर्वस’न्ध्या । युनियन मेट्राे स्टेसनकाे वि’शाल अ’न्डरग्राउन्ड स्टेसन । रेड’लाइनबाट जाबेल अलि – रसिदिया जाने मेट्राे र ग्रीनलाइनबाट इतिसलात-क्रीक जाने मेट्राेहरू छुटिने तथा भेटिने ठाउँ – इन्टर’जङ्कसन । याे स्टेसनमा हजा’राैँ यात्रीहरूसँगै उनीहरूका दिल मिल्छन्, छुटि’न्छन् । मलाई जानु त कहिं पनि थिएन, बस् मेट्राे चढेर दुबई देख्ने रहरले चढेको थिएँ । मेट्राे सुन’सान थियाे । खासै यात्रीहरू थिएनन् । हातमा अर’बीक साहित्यकाे किताब बाेकेकाे थिएँ । निकै रहरले शिरमा “घाेत्र” भन्ने अर’बी कपडा बाँ’धेकाे थिएँ । याे अरबी लूक मलाई निकै मनपर्थ्याे । ध्यान चाहिँ किताब भन्दा बाहिर हेर्नुमा थियाे ।

म सीटमा एक’सुरले बसेर सु’रुङ मुनि छँदा अन्डर’ग्राउन्डकाे अँध्या’राेसँगै शान्त हुन्थेँ अनि बाहिर निस्केपछि गग’नचुम्बी महलकाे उचाईसँगै अग्लिइन्थेँ । “सलाम अलैकुम !” निकै मधुर नारी अावाजले मलाई बाेलायाे । “वालेकुम सलाम!” मैले फर्केर हेरेँ । काखमा सुँ’कसु’काइरहेकाे बच्चा लिएकी ती महिलाका अति सुन्दर नीला अाँखा मात्रै देखिएका थिए । बाँकी शरीरलाई पुरै का’लाे “अबा’या”ले ढाकिरहेकाे थियाे । बच्चा मानिर’हेकाे थिएन ।  उनकाे सुन्दरतालाई उनका अाँखाले स्पष्ट बाहिर देखाउँथे । दुइ अाँखाबीचकाे भागमा काला बाक्ला अाँखिभाैँ ! गाेराे रङ्ग । मानाैँ – कुनै गुलाबलाई का’लाे कपडाले पर्दा गरेजस्तै ।

हादा फादी? (के याे खाली हाे ?) मेराे छेउकाे सीट देखाएर भनिन् ।  सानाे झाेला छेउमा राखेर मेरै सीट नजिक अाएर बसिन् । म उनलाई सजिलो हाेस् भनेर उठेँ । भनिन् – ला ला ! जलिस् ! माफि मु’स्किल ।  (हाेइन हाेइन बस । केही स’मस्या छैन) । “इन्ता आरफ अरबी ? (अरबी अाउँछ तिमीलाई ?)” । म‌ैले भनें – अल हमदु’लिल्लाह ! (भग’वानकाे कृपा छ।) उनले मुख ढाकेकाे कपडा ह’टाएर लुकाएको चन्द्रमुहार देखाइदिइन् । साक्षात् पूर्णिमा । मानाैँ, कुनै दे’वी सशरीर मेराे सामुन्ने उपस्थित छन् । साेधिन् –

“सू इस्मक?” (के नाम तिम्राे?) –
अना अविरल! –
माशा’अल्लाह ! हिन्दी ? (कति राम्रो नाम ! इन्डियन हाै )
ल्या, निबाली । (हाेइन, म नेपाली) –
निबाली ? माशा’अल्लाह ! निबाली वाइद हेलो, तैइब यानी।  (नेपाली अति सुन्दर र असल हुन्छन् ) –
हाम्दुलिल्लाह ( भगवा’नकाे कृपा) – सू इस्मि ? (तिम्राे नाम नि ) –
सुल्ताना – सुब्हान अ’ल्लाह !! –
इन्ती मघरिबी ? ( तिमी माेरक्कन हाै ) – ल्या, सूरी ! (हाेइन, सिरियन)

सुँ’कसु’काइरहेकाे बच्चा मलाई हेरेर रू’न थाल्याे । मलाई देखेर डरा’याे कि भनेर मैले भनेँ – लेस इब्कि बच्चा ? खाै’फ ? (बच्चा किन राे’एकाे, डरा’एर हाे ?)  स’न्नाटा छायाे । केवल रेल गुडेकाे अावाज मात्रै कानमा अाइरह्याे । एकछिन पछि र’सिला अाँखा पारेर भनिन् – यसकाे बाबा “अ’हमद” तिमीजस्तै अग्लाे थियाे, ठूलाे ज्यान, हेन्सम । अार्मीमा थियाे, सिरियामा शही’द भयाे । यसले बाबालाई खूब माया गर्थ्याे, अाज तिमीलाई देख्दा बाबा सम्झियाे सायद !! अस्तघफि’रूल्लाह ! – मैले अरबी भाषामै सहा’नुभूति जनाएँ ।

“ज’न्नत(स्वर्ग)जस्ताे सिरिया हेर्दाहेर्दै जे’हन्ना(न’र्क)भयाे । म लतिफा (कविता) लेख्थेँ, उ मेराे काखमा सु’तेर सुन्थ्याे । घरमा अाउँदा मलाई पार्कमा लैजान्थ्याे । आरुस (विवाह) भएकाे रा’त उसले मलाई प’त्थर भएकाे सुन्दर अङ्गुठी उपहार दिएकाे थियाे…… उ मा’रिएपछि सेनाकाे परिवार बस्न सक्ने अवस्था रहेन । भा’गेर तुर्की जाने पानीजहाजमा चढेँ । जहाजमा मान्छे धेरै भएर मेरा बुबाअामासहित सबै समुद्रमा डु’बे ।

म भा’ग्यले बाँचे । म’रेकाे भए पनि हुन्थ्याे, दु’ख लेखेकाे । काखमा याे बच्चा, खबु’स र पानीकाे भर । अनि’ष्टकाे अाश’ङ्का । कुनै गु’नाह नगरी अ’ल्लाहले यत्राे “क’हर” दियाे । ठुलाे मु’स्किलले म बाँचेर याे देश इमारातमा अाएँ । मलाई अ’ल्लाहसँग ठूलाे गुना’साे छ…… सरकारले ख’बुस र घुर्फा(काेठा) त दिएकाे छ तर म ला’सजस्ताे भएकी छु ! न “अ’हमद” साथमा, न परिवार ।

“हेर ! उसले दिएको अङ्गुठीकाे प’त्थर ह’रायाे तर अङ्गुठी छ मसँग………… !” हातका अाैँला ढा’केकाे कपडा ह’टाएर उसले अङ्गुठी देखाई ।  “उ प’त्थर रहेछ, म अङ्गुठी ! प’त्थर ह’राएकाे अङ्गुठीजस्तै मेराे जीवन !” उसकाे अन्त’रस्करण बाेल्याे ।  “याे बच्चाकाे व्यवस्था राम्रो भैदिए म “अह’मद” लाई भेट्न छिटै ज’न्नत (‘स्व’र्ग) जानेथिएँ………… इन्शाअ’ल्लाह !!” त्यसमाथि “अह’मद” जस्तै तिमी अाज भेटिएर उसकाे घा’उ झन् दुखा’इदिइयाै ……………

मलाई ह’जार बि’च्छीले टाे’केकाे भान भयाे । मेराे प’त्थर दिल प’ग्लियाे । अाँखाकाे डिल फु’ट्याे । बच्चालाई काखमा लिन मन लागेकाे थियाे तर फर्केर हेर्ने हि’म्मत अाएन । वाक्य फु’ट्नै सकेन । मेराे प’त्थर-दिलले अाज मलाई नराम्रोसँग धाे’का दियाे र परेली’काे डिल भ’त्काइदियाे । सि’रियाकाे यु’द्धले म ला’खाैँ किलोमिटर टाढा बस्ने नेपालीलाई पनि नरा’म्ररी रु’वा’इदियाे ! रेल DAFZ स्टेसनबाट अघि बढ्याे । मैले पछाडि फर्केर हेरेँ । अ’धिकांश मान्छे झरिसकेछन् । मेट्राे लगभग खा’ली थियाे । स्पिकरमा अावाज अायाे – अर्काे स्टेसन “अल कुसैस” हुनेछ ।

उसले भनी – ……… ख’लास्, अना नेजिल हिना। माअस्सलामा अविरल ! ( तिमीसँगकाे यात्रा पनि “अहमद”सँगकाे जस्तै छाेटाे रहेछ अविरल ! म जान्छु । तिमीलाई अ’ल्लाहले खुशी राखुन्)  रेलले गति लियाे । उसलाई झाेला हातमा दिन उठेकाे मात्र थिएँ, ए’क्कासी बच्चासहित मलाई अँगालो हालेर ‘झम्टे’र राेइ । बच्चाले पनि मलाई “बाबा !” भनेर च्या’प्प समातेर राे’याे, म केही गरे पनि स’म्हालिनै सकिनँ र राे’एँ । सबै सँगै राे’याैँ । अ’परिचितसँगकाे याे रु’वाई परिचितसँगकाे भन्दा बढी पि’डादा’यी भयाे ।

लेखक: अविरल यात्री

जाने बेला “५०० दिरहाम ज’रिवाना” काे प्र’वाह नगरिकन भिजे’का परे’ला र चिसाे अाेठले हृद’यसम्म पुग्ने गरी मेराे निधार, गाला र अाेठ चु’मी र एकपटक पनि म तिर नहेरी बाहिर निस्की !  40 मिनेट अघि भेटिइ र जीवनभरिकाे लागि सम्झेर रु’ने पलहरू उपहार दिएर “सुल्ताना” कता हाे कता गइ । हेर्दाहेर्दै उसकाे अाकृति स्टेसनभित्रै धमि’लाे भयाे अनि ह’रायाे । गा’लाकाे बाटाे हुँदै झ’रेका मेरा अाँ’शुजस्तै गरी रेल पनि अाफ्नाे प्रवा’हमा अ’न्तिम स्टेसनतर्फ अाेरालाे लाग्याे……………

तपाईको प्रतिक्रिया