सैनामैनाका वन अधिकृत घुस लिएको अभियोगमा पक्राउ

0
153
Five cats looking around a field.

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयले रुपन्देहीको सैनामैना सब डिभिजन वन कार्यालयका प्रमुखलाई घुस रकमसहित पक्राउ गरेको छ।

वनको काठ उपलब्ध गराउने सिफारिसका लागि सेवाग्राहीसँग रु पाँच हजार घुस लिँदै गर्दा सब डिभिजन वन कार्यालयका प्रमुख पुष्पराज श्रेष्ठलाई बुटवल उपमहानगरपालिकाको नयाँ गाउँबाट नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयका प्रवक्ता सुरेश भुसालले जानकारी दिए।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको उनले बताए। रासस

तपाईको प्रतिक्रिया
यो सामग्री पढेर तपाईलाई कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0