नेपालमा हुने त्रिकोणात्मक सिरिजका लागि ओमानले गर्‍यो टोली घोषणा

0
111
Five cats looking around a field.

नेपालमा आगामी २२ गतेबाट सुरु हुने विश्वकप लिग–टु अन्तर्गत एक दिवसीय त्रिकोणात्मक सिरिजका लागि ओमानले १४ सदस्यीय टोलीको घोषणा गरेको छ।

नेपाल र अमेरिका सम्मिलित सिरिजका लागि ओमानले बुधबार जिसान मक्सुदको कप्तानीमा टोलीको घोषणा गरेको हो।

ओमानले घोषणा गरेको टोलीमा जिसान मक्सुद (कप्तान), अक्युब इलियास, जतिन्दर सिंह, खवार अली, सनुथ इब्राहिम, सुरज कुमार, मुहम्मद नसिम, सन्दिप गौद, मुहम्मद नदिम, जय ओडेड्रा, बादल सिंह, अहमद फैजबट, कलीमुल्लाह, बिलाल खान छन्।

यस्तै वैकल्पिक खेलाडीमा अमिर कालिम, कुराम नवाज खान, गोपेन्द्र बोहोरा र अजय लालचेता छन्।

ओमानले नेपाल आउनुअघि मुम्बईमा १० दिन अभ्यास गर्नेछ भने केही स्थानीय टोलीसँग अभ्यास खेल खेल्नेछ।

६ खेल खेलेको ओमन ४ मा जित र २ मा हार भोग्दै अंक तालिकाकोे चौथों स्थानमा छ।

८ खेलमा ६ मा जित र निकालेको अमेरिका पहिलो स्थानमा रहेको छ। आयोजक नेपालले भने कुनै खेल खेलेको छैन।

ओमानले आफ्नो पहिलो खेल आयोजक नेपालसँग माघ २२ गते खेल्ने छ।

यसअघि अमेरिकाले सौरभ नेत्रवलकरको कप्तानीमा टोली घोषणा गरिसकेको छ।

लिग टु नेपाल सिरिजको तालिका

माघ २२ नेपाल भर्सेज ओमान
माघ २३ ओमन भर्सेज अमेरिका
माघ २५ नेपाल भर्सेज अमेरिका
माघ २६ नेपाल भर्सेज ओमान
माघ २८ अमेरिका भर्सेज ओमान
माघ २९ नेपाल भर्सेज अमेरिका

तपाईको प्रतिक्रिया
यो सामग्री पढेर तपाईलाई कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0