सरकारको विपक्षमा फिल्म बनाउँछु : प्रकाश झा

0
21

काठमाडौं । बलिउड फिल्म निर्देशक प्रकाश झाले आफूलाई भारतीय सत्तापक्षको विपक्षीका रूपमा व्याख्या गरेका छन् । भारतमा लोकसभा चुनावमा तीनपटक हारिसकेका उनी त्यहाँ सफल राजनीतिक फिल्म बनाउने निर्देशकका रूपमा परिचित छन् । आफूले राजनीति गर्न नजाने पनि राजनीति क्षेत्रका समस्यालाई अझ राम्ररी चिनेको र त्यसलाई फिल्ममा उतार्ने गरेको यी निर्देशकको कथन छ ।

गंगाजल, जय गंगाजफ,
अपहरण, राजनीति,
आरक्षणजस्ता सफल राजनीति विषयमा बनेका
फिल्मका निर्देशक
पनि प्रकाश
झा नै
हुन् ।
नेपालको सीमानजिक
रहेको बिहार
बेतियाँ गाउँका
यी निर्देशक
यतिबेला काठमाडौंमा
छन् ।
नेपालमा जारी
नेपाली अन्तर्राष्ट्रिय
चलचित्र महोत्सवमा
मुख्य निर्णायक
भएर आएका
प्रकाशले आफू
चलचित्रमा जस्तो सफल राजनीतिक क्षेत्रमा
नभएको बताएका
छन् ।

‘म जहिले पनि
सत्तापक्षको विरोधी भएर उनीहरूले निम्त्याएका
अपराध तथा
कुरीतिलाई फिल्ममा उतार्छु । सोही
कारण पनि
भारत सरकारले
दिने कुनै
पनि प्रकारको
पुरस्कार मैले
अहिलेसम्म पाएको छैन ।’ निर्देशक
झाले शनिबार
बताए ।
यी निर्देशकले
फिल्ममा हात
हालेको चार
दशक भयो
। सन्
१९८४ मा
उनले निर्देशन
गरेको पहिलो
फिल्म दामुलले
नै राष्ट्रिय
पुरस्कार जितेको
थियो,‘मेरो
फिल्मले राष्ट्रिय
पुरस्कार जितेपछि
केही बौद्धिक
व्यक्तिलाई यो फिल्म देखाएँ ।

आफ्नो फिल्म साह्रै मन परेको उनीहरूले बताए पनि अर्को पटकदेखि फिल्मजस्तो फिल्म बनाउन उनीहरूले सुझाव दिए ।’ त्यसपछि आफूले विभिन्न सामाजिक समस्यालाई व्यवसायिक फिल्ममा उतार्ने गरेको उनले बताए ।

शनिबार दिउँसो नेपाल
अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा आफ्नो कथा
सुनाउने क्रममा
यी निर्देशकले
भने,‘एक
दिन बाटोमा
हिड्ने क्रममा
मुम्बईमा फिल्म
सुटिङ देखें
। त्यसपछि
फिल्ममा लाग्ने
निर्णयसहित एक वर्षको चलचित्र सम्पादन
कोष पूरा
गरेर वृत्तचित्र
निर्देशनमार्फत फिल्ममा आएँ ।’ आफूले
केही वर्ष
वृत्तचित्र निर्देशन गरेपछि त्यतिबेला १२
लाख भारतीय
रुपैयाँमा फिल्म दामुल बनाएको यी
निर्देशकले बताए ।

प्रकाश झाले थुप्रै
पटक फिल्म
निर्देशनको राष्ट्रिय पुरस्कार जितिसकेका छन्
। उनी
सामाजिक र
राजनीतिक समस्यालाई
फिल्ममा उतार्ने
निर्देशकका रूपमा बलिउडमा लोकप्रिय छन्
। दामुलपछि
उनले हिपहिप
हुर्रे, परिणति,
मृत्युदण्ड, दिल क्या करे, राहुल,
गंगाजल, राजनीति,
आरक्षण, चक्रव्युह,
जयगंगाजल, सत्याग्रहजस्ता फिल्मको निर्माण निर्देशन
गरिसकेका छन्

आफूलाई राजनीतिक फिल्म
बनाउने निर्देशन
भनिए पनि
राजनीतिमा देखिएका समस्यालाई मात्र फिल्ममा
उतार्ने गरेको
निर्देशक झाको
भनाइ छ
। भारतसहित
धेरै देशको
लोकतन्त्रमा नेताको मनपरी भएको र
त्यसले लोकतन्त्रमा
समस्या निम्त्याएको
प्रति उनले
चिन्ता व्यक्त
गरे ।
त्यस्ता समस्यालाई
आफूले फिल्मबाट
चिरफार गर्दा
जहिले पनि
प्रकाश झा
सत्तको विपक्षी
बन्ने गरेको
पनि उनले
बताए ।

समाजमा तल्लो वर्गको
समस्या र
उनीहरूको उत्पीडनविरुद्ध
संघर्ष र
अधिकारको कथालाई
आफुले फिल्ममा
महŒव
दिने गरेको
यी निर्देशकको
भनाइ छ
। पहिलो
फिल्म दामुलदेखि
पछिल्लो फिल्म
आरक्षणसम्म आइपुग्दा आफूले पछिडावर्ग र
गरिब समुदायको
संघर्षको कथा
उठाएको निर्देशक
झाले बताएका
छन् ।

‘समाजमा थुप्रै घटनाहरू
छन् ।
आफ्नो मौलिक
संस्कृति र
समाजका घटनालाई
फिल्ममा व्यावसायिक
रूपमा तपाईंले
भन्न सक्नुभयो
भने तपाईंको
फिल्म सफल
हुन्छ ।’
उनले भने,‘
फिल्म निर्माणमा
मैले बुझेको
कुरा भनेकै
कलात्मक कुरालाई
दर्शकले मन
पराउनेगरी उनीहरूको स्वादमा व्यावसायिक रूपमा
उतार्नुपर्छ । मैले पनि समाजका
विभिन्न समस्यालाई
अहिलेसम्म व्यावसायिक रूपमा निर्मातादेखि निर्देशकसम्म
भएर उतार्ने
गरेको छु
।’ उनले
नेपाली फिल्मकर्मीलाई
शनिबार यस्तो
सल्लाह दिए
।               

The post सरकारको विपक्षमा फिल्म बनाउँछु : प्रकाश झा appeared first on Rajdhani Daily News.

महाकाली सिँचाइ मूल नहरमा पानी परीक्षण गरिँदै

Previous articleशुभ बिहानी मनकामना माइको दर्शन गरि आज आइतबारको राशिफल हेर्नुहोला।
Next articleललितपुर महानगरद्वारा ११ क्लबलाई सहयोग, थ्री स्टारले पायो १६ लाख