कांग्रेसलाई एकजुट गराउन देउवा, पौडेल र सिटौला छलफल, यस्तो छ सहमतिको विन्दु !

0
51
Five cats looking around a field.

काठमाडौं – नेपाली कांग्रेस पार्टीभित्र देखिएको विवाद समाधानका लागि नेपाली कांग्रेसका शीर्ष नेताहरूबीच छलफल भएको छ ।

बुधबार पार्टी सभापति शेरबहादुर देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलासँग छलफल गरेका छन् ।

सभापति देउवा निवास बुढानिलकण्ठमा भएको छलफलमा उपसभापति विमलेन्द्र निधि र प्रकाशमान सिंहले कार्यदल स्तरमा भएको छलफलबारे जानकारी गराएका छन् ।

कार्यदलको छलफलका आधारमा सहमतिको विन्दु खोजिने कांग्रेस स्रोतले जनाएको छ । ‘कार्यदलका सदस्यले के–के छलफल भयो भनेर सुनाउने काम गरेका छन्,’ नेता पौडेलले भने, ‘त्यसपछि सामान्य कुराकानी भएको छ । कुनै निष्कर्ष निस्किएको छैन ।’ पुनः छलफल गर्ने गरी बैठक सकिएको जनाइएको छ ।

पौडेल र सिटौला समूहले १४ औं महाधिवेशनको कार्यतालिका सच्याउनुपर्ने, क्रियाशील सदस्यता छानबिनका लागि समिति बनाउनुपर्ने लगायत माग राखेका छन् । पौडेलको मागप्रति सभापति देउवा लचिलो देखिएका छन् ।

महाधिवेशनको कार्यतालिका केही संशोधन गर्ने र पार्टीका विभागको संख्यामा भागबण्डा मिलाउने गरी सहमतिको विन्दु खोजी भइरहेको स्रोतले जनाएको छ ।

तपाईको प्रतिक्रिया
यो सामग्री पढेर तपाईलाई कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0