मछिन्द्रको जित, आर्मीसँग अंक बराबर

0
41

रञ्जित धिमालको निर्णायक गोलसँगै मछिन्द्र क्लब सहिद स्मारक ए डिभिजन लिगमा पाँचौ जित दर्ता गरेको छ। काठमाडौको त्रिपुरेश्वस्थित दशरथ रंगशालामा भएको खेलमा मछिन्द्रले नेपाल पुलिस क्लवलाई १–० ले पाखा लगाएको हो। 

खेलको ५३ औं मिनेटमा पाएको फ्रिकीकको फाईदा उठाउँदै रन्जित धिमालले गरेको गोल नै मछिन्द्रका लागि निर्णायक बन्यो।

जितसँगै उपाधि दाबेदार मानिएको मछिन्द्रले त्रिभुवन आर्मीसँगको अंक बराबरी गरेको छ। लिगमा १ खेल गुमाएको मछिन्द्रले ५ खेलमा जित २ मा बराबरी गर्दै १६ अंकमा दोस्रो स्थानमा छ। एक खेल कम खेलेको आर्मी १६ अंकमा शीर्ष स्थानमा छ।

लिगमा औषत प्रदर्शन गरिरहेको नेपाल पुलिस क्लवले ३ मा जित २ मा बराबरी र ३ मा हार भोगेको छ। पुलिस ११ अंकमा छैटौ स्थानमा यथावत छ।

खेलको छैटौं मिनेटमा नै मछिन्द्रले गोल गर्ने अवसर गुमाएको थियो। रजिन धिमालको पासमा पेनाल्टी क्षेत्रभित्र रहेका मछिन्द्रका खेलाडीले बललाई पोस्टको दिशा दिन सकेनन्। १३ औं मिनेटमा पुलिसका लागि सौजन राईको फ्रिकिक प्रहार गोलरक्षक विशाल श्रेष्ठले विफल पारे।

२८ औं मिनेटमा अभिषेक रिजालको हेडरले पोस्टको दिशा लिन सकेन। ४१ औं मिनेटमा पुलिसका सौजन राईको प्रहार फितलो रहँदा पुलिस अग्रता लिनबाट चुक्यो। इन्ज्युरी समयको पहिलो मिनेटमा मछिन्द्रले बललाई पोस्टको दिशा दिएपनि रेफ्रीले अफसाइड देखाए। रञ्जित धिमालको फ्रिकिकमा पिटर सेगुनले गोल गरेपनि रेफ्रीले सो मुभलाई मान्यता दिएनन्।

लिगमा बिहिवार हिमालयन शेर्पा र थ्रीस्टार क्लव तथा जावलाखेल युथ क्लव र शसस्त्र प्रहरीको एपीएफबीच प्रतिस्पर्धा हुनेछ।

तपाईको प्रतिक्रिया
यो सामग्री पढेर तपाईलाई कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0