सिड्नी । शुक्रबार सिड्नीमा ‘एजुकेशन एण्ड माइग्रेसन एक्जिबिसन’ अर्थात शिक्षा तथा आप्रवासन प्रदर्शनी हुने भएको छ ।
नयाँ वर्ष लागेसँगै सिड्नीमा विद्यार्थी तथा पढाइ सकेर स्थायी आप्रवासनको परामर्श खोजिरहेकाहरुको लागि यो कार्यक्रम गर्न लागिएको आयोजकको भनाइ छ ।

विश्वको पहिलो ‘ग्लोबल ट्यालेन्ट हब’ बनाउने महत्वकांक्षी योजना अन्तर्रगत सिड्नी महानगरले अन्तर्राष्ट्रिय विद्यार्थी भित्र्याउन थालेको पनि झण्डै २ दशक भइसकेको छ । यस बीचमा लाखौ विद्यार्थीहरु उच्च शिक्षा हासिल गर्नको लागि अस्ट्रेलियाको सिड्नी आइपुगे । पढाइ सकिएपछि कतिले यही कर्मभूमि रोजे भने कति जन्मभूमितिरै फर्के, उच्च शिक्षाको अनुभव बोकेर ।
सन् २०१९ को तथ्यांकअनुसार हाल ३५, हजार बढी अन्तर्राष्ट्रिय विद्यार्थीहरु सिड्नी महानगरका विभिन्न युनिभर्सिटी र कलेजहरुमा अध्यन गरिरहेका छन् र यो संख्या अझै बढ्दो क्रममा छ ।

तिनै ३५ हजार अन्तर्रास्ट्रिय विद्यार्थी तथा अस्थायी बासिन्दाहरुका लागि शुक्रबार सिड्नी महानगरभित्र उक्त प्रदर्शनी आयोजना गरिने भएको हो ।
बिगत डेढ दशक अघिदेखि विभिन्न देशका अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई उच्च शिक्षाका लागि अस्ट्रेलिया आउँन परार्मश दिदै आएको एक्सर्पट एजुकेशन एण्ड भिसा सर्भिसेसले उक्त प्रदर्शनीको आयोजना गरेको हो ।
हालसम्म ४० हजार जनालाई परामर्श सेवा प्रदान गरिसकेको सँस्थाका निर्देशक बद्री अर्यालले भने – अझ छिट्टो छरितो र पारदर्शी रुपमा सुलभ परामर्श दिन उक्त प्रदर्शनीको आयोजना गरिएको हो ।
सिड्नी महानगरको जर्ज स्ट्रिटमा रहेको प्रसिद्ध हिल्टन होटेलमामा सो एक्जिबिशन हुनलागेको हो । शुक्रबार २४ जनवरीको मध्याह्न १२ बजेबाट सुरु हुने यो कार्यक्रमलाई दुई भागमा बिभाजन गरिएको एक्सर्पट एजुकेशनकी मार्केटिङ्ग ब्यवस्थापक मेघा अमात्यले अनलाइनखबरलाई जानकारी दिइन् ।
मध्याह्न १२ बजे देखि २ बजेसम्म हुने पहिलो चरणको कार्यक्रममा सो संस्थाका रजिस्टर्ड माइग्रेशन एजेन्टहरुले अहिलेको अस्ट्रेलियाको पछिल्लो क्षेत्रीय आप्रवासन नीति अर्थात रिजनल मुभमेन्टकोबारेमा विस्तृत जानकारी दिनेछन् ।
अमात्यका अनुसार प्रदेशिनेको मुख्य उदेश्य आफ्ना सेवाग्राहीहरुलाई नयाँ रिजनल क्षेत्रहरुमा जानुको फाइदा, एक अथवा दुई वर्ष थप्न मिल्ने पि.एस.डब्लु (टीआर) भिसा, रिजनल १९० र ४९१ भिसा सब क्लासको मापदण्डहरुको बारेमा चर्चा गरिनेछ ।
कार्यक्रमको दोस्रो चरणमा विद्याहरुले सिड्नीका २० वटाभन्दा बढी युनिभर्सिटी एव कलेजहरुका प्रतिनिधिहरुसँग प्रत्यक्ष परार्मश लिन पाउनेछन् ।
अपराह्न २ बजेदेखि ५ बजेसम्म हुने दोश्रो चरणमामा अस्ट्रेलियन नेशनल युनिभर्सिटी, युनिभर्सिटी अफ तासमेनिया, युनिभर्सिटी अफ क्यानबेरा, र्चाल्स डार्विन युनिभर्सिटी, युनिभर्सिटी अफ वलङगङ्ग, अस्ट्रेलियन क्याथलिक युनिभर्सिटीलगायतका शैक्षिक संस्थाहरुको स्टल रहनेछ ।
एक्सपोमा सहभागी भएका सेवाग्राहीहरुलाई विभिन्न उपहारको पनि व्यवस्था गरीएको कुरा एक्सर्पट एजुकेशनका कार्यक्रम संयोजक सन्दीप निरौलाले बताए ।
उनकाअनुसार, सहभागीहरुले सोही दिन एक हजार अस्ट्रेलियन डलरको गिफ्ट कार्ड, विभिन्न गिफ्ट हृयाम्पर र गोलाप्रथामार्फत एक जना सहभागीले स्मार्ट घडी पनि प्राप्त गर्नेछन् ।
पाच सय भन्दा बढी सेवाग्राहीर दुई दर्जन बढी सेवा प्रदायकको एक्कै दिन एउटै थलोमा उपस्थिति रहने कार्यक्रम, सिड्नी महानगरभित्रको ठूलो एजुकेशन एवंम् माइग्रेशन एक्सपो मध्येको एक हो ।