बिहीबार भएको यस दुर्घटनामा परी विमानमा सवार सबै ३ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ।

मृतकहरु सबै अमेरिकी नागरिक भएको बताइएको छ। बिहीबार बिहानै सम्पर्कविहिन भएको विमान दक्षिणी न्यु साउथ वेल्सको हिउँले भरिएको पहाडमा ठोक्किएको अवस्थामा भेटिएको जनाइएको छ।
क्यानेबरादेखि २ घन्टा टाढा उक्त क्षेत्रमा विमानमा सवार सबै चालकदलका सदस्य मृत भेटिएका हुन्।

विमान दुर्घटनाको कारणबारे केही खुल्न सकेको छैन। अस्ट्रेलियामा अक्टोबर महिनादेखि भीषण आगलागी जारी छ।
झाडीमा लागेको डढेलो जंगरभरी फैलिएको छ। हालसम्म यस डढेलोले अस्ट्रेलियाका २ हजारभन्दा बढी घर जलेर नष्ट भएका छन्।
२८ जनाभन्दा बढीको मृत्यु हुनुका साथै जनावर, चरा, किरासहित करोडौं जीव मरेका छन्।