कोरोना भाइरसबाट मर्नेको संख्या २५ पुग्यो, तीन सहर ठप्प

0
92
Five cats looking around a field.

चीनमा रहस्यमय कोरोना भाइरसको प्रकोपबाट मारिने मानिसको संख्या २५ पुगेको छ। ६ सय १६ जनामा यो भाइरस देखिएको छ।

भाइरस फैलिएको एक करोड १० लाख जनसंख्या भएको वुहान सहर ठप्प पारिएको छ।

भाइरसको प्रसार रोक्न वुहानबाट ४५ माइल टाढाको हुवाङगाङ तथा इचाउ सहरमा आवतजावत र सार्वजनिक भेलामा रोक लगाइएको छ।

तीनै सहरमा करिब २ करोड मानिस बस्छन्।

यी सहरमा रेललगायत यातायातको साधन बन्द गरिएको छ। भाइरसको प्रकोप रोक्न चिनियाँ अधिकारीहरुले जोडबल लगाइरहेका छन्।

चीनबाहेक अमेरिका, थाइल्यान्ड र दक्षिण कोरियामा पनि यो भाइरसबाट संक्रमित व्यक्ति फेला परेका छन्। एजेन्सी

तपाईको प्रतिक्रिया
यो सामग्री पढेर तपाईलाई कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0