विराटनगर, ९ माघ । राष्ट्रिय सभा सदस्यको निर्वाचनमा नेकपाका १६ जना निर्वाचित भएका छन् ।
१८ जनाको लागि भएको निर्वाचनमा २ जना भने राष्ट्रिय जनता पार्टीकातर्फबाट निर्वाचित भएका छन् ।

आगामी फागुन १० गते १९ जना राष्ट्रिय सभा सदस्यको पदावधि सकिँदैछ । यसमध्ये १ जना भने सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने छिन् ।
प्रदेश नम्बर १ मा अन्य समूहमा देवेन्द्र दाहाल, दलितमा गोपीबहादुर अछामी र महिलामा इन्दीरा गौतम विजयी भएका छन् ।

प्रदेश २ मा महिलामा तुलसाकुमारी दाहाल, दलितमा राधेश्याम पासवान निर्वाचित भए ।
यस्तै अपांगता भएका व्यक्ति तथा अल्पसंख्यमा राजपाका शेखरकुमार सिंह र अन्य तर्फ मृगेन्द्रकुमार सिंह यादव निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ ।
बागमती प्रदेशमा महिलामा गंगाकुमारी बेलवासे, अन्यमा बेदुराम भुषाल र गण्डकीमा महिलामा भवगती न्यौपाने र अन्यमा नारायणकाजी श्रेष्ठ निर्वाचित भएका छन् ।
प्रदेश ५ मा महिलामा विमला घिमिरे, अपांगता वा अल्पसंख्यकमा जगप्रसाद शर्मा, अन्यमा गोपाल भट्टराई निर्वाचित भएका हुन् ।
कर्णाली प्रदेशमा महिलातर्फ सुमित्रा विसी, अन्यमा मायाप्रसाद शर्मा निर्वाचित भए ।
सुदूरपश्चिम प्रदेशबाट महिलामा शारदादेवी भट्ट र अन्यतर्फ तारामान स्वाँर निर्वाचित भएका छन् ।
प्रदेश २ मा निर्वाचित भएका २ जना राष्ट्रिय जनता पार्टीका बाहेक सबै नेकपाका उम्मेद्वार विजयी भएका हुन् ।
The post राष्ट्रिय सभामा नेकपाका सोह्र र राजपाका दुई निर्वाचित appeared first on Koshi Online.