दैलेखमा जीप दुर्घटना, ४ जना घाइते

0
28

दैलेख । दैलेखको दुल्लूनगरपालिकामा –५ स्थित देउतीगढमा जीप दुर्घटना हुँदा ४ जना घाइते भएका छन् ।

घाइते हुनेमा जीप चालक भैरवी गाउँपालिका –२ का ३२ बर्षीय गोकुल खत्री, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यालयका कर्मचारी समेत रहेका भैरवी गाउँपालिका २ कै ३५ बर्षीय माधव रिजाल , दुल्लु नगरपालिका–५ का २५ बर्षीय सुरेन्द्र रिजाल र दुल्लु न.पा–८ का २० बर्षीय विक्रम उपाध्याय हुन् ।

दुल्लु अस्पतालमा उपचार सम्भव नभएपछि ४ जनालाई नेपालगञ्ज रिफर गरिएको ईलाका प्रहरी कार्यालय दुल्लूले जनाएको छ । प्रधामन्त्री कृषि आधुनिकीकरण परियोजना सुन्तला जोन परियोजना कार्यालय दुल्लूको बा १ झ ६५६७ नम्बरको जीप दुल्लू नगरपालिका –५ स्थित देउतीगढमा दुर्घटना भएको हो ।

सोमबार कार्यालय जाँदै गर्दा जिपको व्रेक फेल भइ देउतीगढ कृषि डाँडाबाट करिब २०० मिटर तल दुल्लु नगरपालिका कार्यालयको भवन नजिक खसेको हो ।

दुर्घटनाबाट घाइतेको दुल्लू अस्पतालमा उपचार हुँदै ।

The post दैलेखमा जीप दुर्घटना, ४ जना घाइते appeared first on Rajdhani Daily News.

सामाजिक सञ्जालबाट जनयुद्ध र मधेस आन्दोलनलाई बदनाम गर्ने कार्य भइरहेको छ: प्रधानमन्त्री

Previous articleमिडिया काउन्सिल विधेयक सुधार गरिनु सकारात्मक : कमल थापा
Next articleसानुमायाको ६० लाख यसरी चोरियो