कोशी प्रदेशको राजनीतिक सङ्कट समाधान भयो- मुख्यमन्त्री कार्की

0
25
मोरङ- कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आफ्नो नेतृत्वमा प्रदेश सरकार गठन भएसँगै राजनीतिक सङ्कट समाधान भएको बताउनु भएको छ ।
प्रदेश प्रमुखको कार्यालयमा हिजो पद तथा गोपनीयताको शपथ लिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले प्रदेशमा मध्यावधि निर्वाचन हुने सम्भावना सरकार गठनसँगै टरेको बताउनुभयो ।
मख्यमन्त्री कार्कीले प्रदेशमा शान्ति, सद्भाव र  समुदायबीच सौहार्द्रपूर्ण वातावरण कायम राख्नु सरकारको प्रमुख प्राथमिकता भएको बताउँदै त्यसका लागि छलफल, संवाद  एवं वार्ताद्वारा समस्या समाधान गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले सबै पक्षसँग सहमति कायम गरेर आफू काम गर्न प्रतिबद्ध रहेको बताउनुभयो ।।

https://www.ujyaalonepalnews.com/archives/32430

Previous articleनेपालको आफ्नै आर्थिक नीति छ, दातृ निकायसँग मिल्नैपर्छ भन्ने छैन : अर्थमन्त्री महत
Next articleएनआरएनएलाई नेपाली नागरिकताले नेपालसँग नजिक ल्याउन मद्दत गर्छ : राष्ट्रपति