कांग्रसको विवाद समाधान : महाधिवेशन २०७७ फागुनमै

0
36
Five cats looking around a field.

काठमाडौं, १० माघ । नेपाली कांग्रसको एक महिने लामो विवाद समाधान भएको छ ।

पार्टी सभापति शेरबहादुर देउवाको अग्रसरतामा शुक्रबार भएको शीर्ष नेताहरुको बैठकमा आन्तरिक विवाद समाधानका लागि सहमति भएको उपसभापति विमलेन्द्र निधिले बताए।

सहमतिका लागि पार्टीका शीर्ष नेताबीच यसअघि विभिन्न चरणमा छलफल भए पनि टुङ्गो लागेको थिएन् ।

बैठक सभापति देउवा निवास बूढानीलकण्ठमा शुक्रबार बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म भएको थियो ।

पार्टीको केन्द्रीय महाधिवेशन २०७७ फागुन ७ देखि १० गतेसम्म काठमाडौँमा गर्ने सहमति भएको छ ।

यस्तै केन्द्रीय महाधिवेशन अघि विभिन्न तहका अधिवेशन तथा ती अधिवेशनका कार्यतालिका र कार्यविधिका सम्बन्धमा परिमार्जनसहित नयाँ प्रस्ताव केन्द्रीय समितिमा पेश गर्ने सहमति भएको उपसभापति निधिले जानकारी दिए ।

बैठकले पार्टीको क्रियाशील सदस्यता छानबिन समिति गठन गर्ने, छ महिनाभित्र महाधिवेशन गर्ने गरी नेपाल विद्यार्थी सङ्घको केन्द्रीय तदर्थ समिति गठन गर्नेलगायतका विषयमा सहमति गरेको छ ।

नेविसङ्घका निवर्तमान अध्यक्ष नैनसिंह महर नेतृत्वको केन्द्रीय समिति विघटन भएको दिनसम्म ३२ वर्ष उमेर ननाघेका विद्यार्थीले नेविसङ्घको आगामी १२ औँ महाधिवेशनमा भाग लिन पाउने सहमति भएको छ ।

सहमति भएका यी सबै प्रस्ताव कांग्रसको १३ माघमा बस्ने केन्द्रीय समिति बैठकमा सर्वसम्मतिबाट पारित गर्ने सहमति भएको उपसभापति निधिले बताए । काँग्रेसमा ११ पुसमा भएको केन्द्रीय समिति बैठकले बहुमतका आधारमा पार्टीको महाधिवेशन, केन्द्रीय विभाग, भ्रातृ संस्थासम्बन्धी निर्णय गरेपछि पार्टी सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच विवाद देखिएको थियो ।

वरिष्ठ नेता पौडेल पक्षको अनुपस्थितिमा बसेको केन्द्रीय समितिको सो बैठकले पार्टीको केन्द्रीय विभाग २८ बाट बढाएर ४७ बनाउने, नेपाल तरुण दल केन्द्रीय कार्यसमितिको पदावधि छ महिना थप गर्ने लगायतको निर्णय गरेको थियो ।

सहमति भएका विषयलाई केन्द्रीय समितिबाट पारित गर्न कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक १३ माघमा गर्दै छ ।

The post कांग्रसको विवाद समाधान : महाधिवेशन २०७७ फागुनमै appeared first on Koshi Online.

तपाईको प्रतिक्रिया
यो सामग्री पढेर तपाईलाई कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0