काठमाडौं : राष्ट्रियसभा सदस्य वामदेव गौतमले अविश्वासको प्रस्ताव दर्ता भएपछि संसद भंग गर्नुको साटो पार्टी जोगाउन केपी ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिनु उपयुक्त हुने बताएका छन् । बिहीबार राष्ट्रियसभामा पहिलो पटक सम्बोधन गर्दै गौतमले प्रधानमन्त्रीले संसद् भंग गरेको विषयमा धारणा राखेका हुन् । पुस ५ गते प्रधानमन्त्री ओलीले संसद भंग गरेपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दुई समूहमा विभाजित हुँदासम्म चुपचाप बसेका नेता गौतमले यस विषयमा औपचारिक रुपमा पहिलो पटक सार्वजनिक रुपमा अभिव्यक्ति दिएका हुन् ।

गौतमले आफू प्रधानमन्त्रीको कटु आलोचक भए पनि ४३ वर्षदेखिको सहयोद्धा भएको सम्झना त्यत्तिबेला राजीनामा दिनु उपयुक्त हुने धारणा राखे । ओली दुई पटक प्रधानमन्त्री बन्दा कतिपय सुझाव ग्रहण गरेको तर, संसद् विघटनको विषयमा छलफल नगरेको भन्दै गौतमले गु’नासोसमेत गरे । उनले अविश्वासको प्रस्ताव दर्ता भएपछि संसद् भंग गर्नुको साटो राजीनामा दिँदा पार्टी जोगिन्छ भन्नेकुरा प्रधानमन्त्रीले सोच्नु उपयुक्त हुने बताएका हुन् ।

‘प्रधानमन्त्रीको म कटु आलोचक हुँ । उहाँको कार्यशैलीले पार्टीमा धेरै वि’वाद भए । तर, उहाँ मेरो ४३ वर्षदेखिको सहयोद्धा पनि हो । उहाँलाई मैले धेरै पटक शैली सुधार गर्न सल्लाह दिएको छु । दुई पटक प्रधानमन्त्री हुँदा धेरै अनुरोध गरेँ । कतिपय सुझाव ग्रहण गर्नुभयो तर कतिपय ग्रहण गर्नु भएन । तर, अहिले पनि उहाँले मलाई मित्रको रुपमा सम्मान गर्नुहु्न्छ’, ओलीसँगको सम्बन्धको व्याख्या गर्दै गौतमले भने, ‘यस पटक प्रतिनिधिसभा भंग गर्दा उहाँले मलाई सोध्नु पनि भएन । उहाँले पटकपटक भन्ने गर्नुभएको थियो- मलाई अविश्वासद्वारा प्रधानमन्त्रीबाट ब’र्खास्त गर्ने काम भए त्यो दुभा’ग्यपूर्ण हुन्छ । मैले भनेको थिएँ, -अल्पमतमा परे पार्टी जोगाउनका निम्ति प्रधानमन्त्रीको पदबाट राजीनामा दिनुपर्छ ।’

नेता गौतमले आफू ओलीको ठाउँमा भएको भए अविश्वासको प्रस्ताव दर्ता गर्नु अगाडि नै राजीनामा दिने बताए । ‘म त्यो ठाउँमा भएको भए अविश्वासको प्रस्ताव दर्ता हुनु अगाडि नै राजीनामा दिन्थेँ’, गौतमले भने, ‘त्यसले मैले मिहिनेत गरेर निर्माण गरेको पार्टी एकता जोगिने थियो । आगामी दिनमा पनि अरुलाई शिक्षा हुन्थ्यो ।’ संसद वि’घटन असंवैधानिक कदम भने पनि अब संवैधानिक इजलासमा बहस सुरु भएपछि यसलाई असंवैधानिक भन्न नमिल्ले धारणा गौतमले राखेका छन् ।

तपाईको प्रतिक्रिया