क्यामरूनको ‘सामूहिक हत्या’ दूर्भाग्यपूर्ण : सेना

0
27

याउन्डे । अफ्रिकी मुलुक क्यामरुनको तनावग्रस्त एङ्लोफोन क्षेत्रका गाउँलेहरू एउटा ‘दुर्भाग्यपूर्ण दुर्घटनामा’ मारिएका यहाँको सेनाले सोमबार एएफपीलाई बताएको छ ।

अफ्रिकी देश क्यामरुनमा एक गाउँमा भएको आक्रमणमा १४ बालबालिका, केही महिलासहित २२ जनाको गत शुक्रबार सामूहिक हत्या भएकोप्रति राष्ट्रसङ्घले चासो व्यक्त गरेको छ । राष्ट्रसङ्घले घटनाबारे वास्तविकता बाहिर ल्याउन क्यामरून सरकारलाई आग्रह पनि गरेको छ । राष्ट्रसङ्घले मृतकका आपन्तजनप्रति समवेदना प्रकट गरेको छ । मारिनेमा पाँच वर्षमुनिका नौ बालबालिका रहेको संयुक्त राष्ट्रसङ्घको मानवीय सहायता संगठन ओसिएचएका अधिकारी जेम्स नुनानले बताउनुभएको छ ।

घटनापछि स्थानीय बासिन्दा त्रसित भएको उहाँले बताउनुभयो । क्यामरुनको विपक्षी पार्टीले घटनामा आर्मी सम्लग्न रहेको आरोप लगाएको छ । क्यामरुनको सरकारले देशको उत्तर–पश्चिमी क्षेत्रमा सक्रिय रहेका विखण्डनकारीविरुद्ध विगत तीन वर्षदेखि कारवाही अभियान सञ्चालन गरिरहेको छ ।

सरकारले अहिलेसम्म घटनाबारे कुनै टिप्पणी गरेको छैन तर सोमबार सेनाका प्रवक्ता कर्नल सिरिल एटनफेक गुएमोले उक्त आरोपलाई ‘गलत दावी’ भनेका छन् । सेनाको अनुसन्धानले घटनालाई ‘दुर्भाग्यपूर्ण दुर्घटना’ बताएको छ भने यसलाई पृथकतावादी समूहसँगको गोलीबारीको क्रममा ईन्धनको विस्फोट हुँदा भएको एएफपीलाई फोनमा बताउनुभयो । उनले घटनामा मारिनेमा एक महिला र चार बच्चाहरुसहित पाँचजना सर्बसाधारण रहेको र सात आतङ्ककारी मारिएको बताएका छन् ।

The post क्यामरूनको ‘सामूहिक हत्या’ दूर्भाग्यपूर्ण : सेना appeared first on Rajdhani Daily News.

देश र जनतालाई केन्द्रमा राखेर काम गर्नुपर्छ : डा भट्टराई

Previous article“सुनसरी लिटिल प्रीन्स एन्ड एन्जल-२०७६”को फाईनलमा स्वर्णिम र निनिमा
Next articleआजको राशिफल : फागुन ६ गते, मंगलबार