कोरोना संक्रमितका लागि चीनले बनाउला त ६ दिनमा अस्पताल?

0
116
Five cats looking around a field.

कोरोना भाइरसको महामारी झेलिरहेको चीनले ६ दिनभित्र हजार शैय्याको अस्पताल निर्माण गरिसक्ने बताएको छ।

चीनमा शनिबारसम्म कोरोना भाइरसका कारण ४१ जनाको मृत्यु भएको छ। १२ सयभन्दा बढी संक्रमति भेटिएका छन्।

कोरोना भाइरसका संक्रमित सबैभन्दा बढी भएको क्षेत्र वुहान सहरमा नयाँ अस्पताल निर्माण भइरहेको शुक्रबार चीनले बताएको थियो।

यही सहरबाट सो भाइरस फैलिएको अधिकारीहरुले बताएका छन्। वुहानमा यो भाइरसका बिरामी बढ्दै जाँदा अस्पतालको अवस्था चिन्ताजनक भएको बताइएको छ।

हाल २५ हजार वर्ग मिटर खुला इलाकामा चीनले कोरोना भाइरस संक्रमितलाई लक्षित गर्दै अस्पताल निर्माण गर्न सुरु गरिसकेको छ। सामाजिक सञ्जाल तथा चीनका सरकारी सञ्चारमाध्यमले दर्जनौं डोजरले जमिनको सहह मिलाइरहेका दृश्यहरु सार्वजनिक गरेका छन्।

हालकै जस्तो सन् २००३ मा पनि चीनले बेइजिङमा सार्स भाइरसको खतरासँग जुध्न आनन–फानन अस्पतालको निर्माण गरेको थियो।

हाभर्ड मेडिकल स्कुलमा ग्लोबल हेल्थ एन्ड सोस मेडिसिन पढाउने जोआन काफमेन भन्छन्, ‘आनन–फानन अस्पताल भाइरसबाट संक्रमित व्यक्तिको लागि निर्माण गरिएको थियो। अस्पताल बिरामीका लागि सुरक्षित भएकाले त्यहाँ उपचार गरिएको बिमारीबाट अन्यमा भाइरस सरेको थिएन।’

६ दिनमा बन्ला त अस्पताल?
काउन्सिल अफ फरेन रिलेसनसिपमा ग्लोबल हेल्थ वरिष्ठ चिकित्सक फैलो यानजोङ हुआङ भन्छन्, ‘ठूल्ठूला परियोजना चाँडै सम्पन्न गर्नमा चीन माहिर छ। चीन सक्षम पनि छ’

उनका अनुसार सन् २००३ मा ७ दिनभित्र बेइजिङमा अस्पताल निर्माण सम्पन्न भएको थियो। त्यो कीर्तिमानी पनि चीनले भंग गर्न चाहेको हुआङ बताउँछन्।

काम चाँडै सक्न देश भरीबाट राम्रा इन्जिनियरहरु झिकाइएको अधिकारीहरुले बताएका छन्। हुआङ भन्छन्, ‘इन्जिनियरिङको काममा चीन निकै निपूर्र्ण छ। छोटो समयमा ठूल्ठूला भवनको निर्माण गर्नु चीनको लागि झन्झटिलो कार्य होइन। पश्चिमा देशलाई यो आश्चर्य लाग्छ। तर, चीनको लागि यो सम्भव छ।’

शुक्रबार ग्लोबल टाइम्सले चिनियाँ जनमुक्ति सेनाका १ सय ५० स्वास्थ्यकर्मी वुहान सहर पुगेको पुष्टि गरेको थियो। अत्यन्त धेरै बिरामीहरु रहेको वुहानमा शनिबार ४५० चिनियाँ सैन्य स्वाथ्यकर्मीहरु थपिएको सिन्ह्वाले जनाएको छ।

सार्स महामारीको बेला के भएको थियो?
सन् २००३ मा सार्स बिरामीका लागि चीनले एक हप्ताभित्रै अस्पताल बनाएको थियो। छोटो समयमा अस्पताल निर्माण सम्पन्न गरेर चीनले विश्वमा रेकर्ड पनि बनाएको थियो।

चाइना डट कमका अनुसार उक्त अस्पताल निर्माण गर्नका लागि ४ हजार जनाले दिनरात खटेका थिए।

त्यस अस्पतालमा एउटा एक्स–रे रुम, सिटी स्क्यान रुम, गहन रेखदेख गर्नका लागि इन्टेन्सिभ केयर युनिट र एक प्रयोगशाला थियो। अस्पतालको प्रत्येक वार्डमा एक बाथरुम थियो।

उक्त अस्पताल निर्माण भएको दुई महिनाभित्र चीनमा भएका सार्स रोगीहरुको सात प्रतिशतले सोही अस्पतालमा उपचार गराएका थिए। चीनका सञ्चारमाध्यमले त्यस क्षणलाई चिकित्सा इतिहासकै चमत्कारको रुपमा हेर्ने गर्दछन्। बीबीसीबाट

तपाईको प्रतिक्रिया
यो सामग्री पढेर तपाईलाई कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0