यस्तो शाकाहारी आ’न्दोलनले हुँदैन, मां’साहारी आ’न्दोलन सुरु गर्न कार्यकर्तालाई प्रचण्डको निर्देशन

काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आ’वेग र आक्रा’मक आ’न्दोलन गर्न युवा विद्यार्थीहरुलाई निर्देशन दिएका छन् । ‘आफू सम्वद्ध अनेरास्ववियूको भेलालाई सम्बोधन गर्दै प्रचण्डले केपी शर्मा ओली र उनका मानिसहरुले सेटिङ भइसकेको छ भन्दै हिँडेकाले ग’र्जिनुपर्ने बेला आएको बताए । ‘हाम्रो आ’न्दोलन आ’वेगमय हुनुपर्‍यो, आक्रा’मक हुनुपर्‍यो । बाघ–सिंह ग’र्जिए जस्तो ग’र्जिनुपर्‍यो ताकि प्रतिक्रा’न्तिकारीहरुको मु’टु ह’ल्लियोस्’ उनले अघि भने, ‘अब शाकाहारी आ’न्दोलनले मात्र पुग्ने देखिँदैन ।’

संसद वि’घटनविरुद्ध जनमत रहेको तर, आन्दो’लनको स्वीच दबा’उने काम युवा विद्यार्थीहरुको भएको बताए । आन्दो’लनको अग्रपंक्तिमा आफूसहितका नेताहरु रहने भन्दै प्रचण्डले भने, ‘टाउको चिला’एको हो कि के हो, एक पटक ला’ठी खान मन छ ।’ आ’न्दोलनकारीको रक्षाका लागि आफ्नो टाउको फु’टाउन तयार रहेको, तर प्रति’गमनलाई कुनै हालतमा सफल हुन नदिने उ’नले बताए । नेपाललाई प्रति’गमनतिर लगेर फइदा उठाउने कुनै शक्तिले सोचेको छ भने त्योे भ्र’म हो’ उनले भने ।

अनुहार नै चिन्न छाडेँ

प्रचण्डले मन्त्रीको लो’भमा ओली समूहमा लागेकाहरुको अनुहार नै चिन्न छाडेको प्रतिक्रिया दिए । एक जना कार्यकर्ता नभएकालाई पार्टीमा ल्याएर स्थायी कमिटीमा लगेको तर, मन्त्री हुन दौडिएको उनले बताए । ‘ती जो’गीहरु देखेर मलाई त ला’ज लागेको छ’ उनले भने, ‘यति धेरै ख’रानी खसेका छन् कि मैले त अनुहार नै चिन्न छाडेको छु ।’

ओलीलाई चिन्न किन ढिलो गरियो ?

उनले केपी शर्मा ओलीलाई चिन्न किन ढिलो गरिएछ भनेर आफैंलाई समेत प्रश्न गरेका छन् । ओली प्रधानमन्त्रीका पदका लागि जे पनि गर्न तयार भएको, तर पदका लागि भनेर आफूहरुलाई आरो’पित गर्ने गरेको उनले बताए । पार्टी एकता गर्दा भएको सहमति कार्यान्वयनमा उदारता देखाउनु आफ्नो कम’जोरी प्रचण्डले सुनाए । संविधान बनाउने क्रममा समानुपातिक समावेशी लगायत परिवर्तनका एजेण्डाको वि’रोध गरेका ओलीलाई आफैंले ‘कमरेड संविधान बनाऊँ, म तपाईंलाई प्रधानमन्त्री बनाउन प्रस्ताव गर्छु’ भनेर पनि खुरुखुरु तयार भएको उनले सुनाए ।

तत्कालीन एमालेको बैठकमा आफ्नो धुँवाधार गा’ली गरेको दुई दिनपछि आफूले पार्टी एकताको प्रस्ताव गरेको भन्दै उनले भने, ‘प्रधानमन्त्री फेरि तपाईंलाई नै बनाउँछु नि भनेपछि हुन्छ कमरेड, म सकारात्मक रुपले सोच्छु भन्नुभयो ।’

तपाईको प्रतिक्रिया