खेलाडीहरुलाई अनुशासनमा राख्न नसकेको भन्दै म्यानचेस्टर युनाइटेडलाई २९ लाख (२० हजार पाउण्ड) रुपैयाँ जरिवाना तिराइएको छ।

प्रिमियर लिगले फुटबल संघको ई-२० नियम भंग गरेको भन्दै युनाइटेडलाई उक्त जरिवाना तिराउने निर्णय सुनाएको हो।
गत आइतबार लिभरपुलसँग २-० ले पराजित भएको खेलमा युनाइटेडका खेलाडीहरुले रेफ्री कार्ग पाउसनलाई खेल्दै अनुशासनविपरीत काम गरेका थिए।

रेफ्रीले फलका दिएपछि आक्रोसित यूनाइटेडका खेलाडीहरु रेफ्री पाउसनविरुद्ध खनिएका थिए। त्यसको छानिबनपछि लिगले युनाइटेडलाई जरिवाना सुनाएको हो।