वेष्ट इण्डिजका पूर्व अलराउण्डर ड्वेन स्मिथ भैरहवा ग्लाडियटर्शबाट खेल्ने

0
35
Five cats looking around a field.

वेष्ट इण्डिजका पूर्व अलराउण्डर ड्वेन स्मिथले एभरेष्ट प्रिमियर लिग(इपीएल)मा भैरहवा ग्लाडियटर्शको प्रतिनिधित्व गर्ने भएका छन्।

३६ वर्षे स्मिथलाई यस सिजनका लागि अनुबन्ध गरेको क्लबले जनाएको छ। वेष्ट इण्डिजका लागि तीनै फम्र्याटमा खेलिसकेका यी भेट्र्रान खेलाडीले २०१७ मा राष्ट्रिय टोलीबाट सन्नास घोषणा गरेका थिए। उनी आइपीएलमा चेन्नाइ सुपरकिंग्सबाट खेल्ने गर्छन्।

 नेपाल भ्रमणमा आउन आफू आतुर रहेको स्मिथले विज्ञप्तिमार्फत जनाएका छन्। क्लबले जारी गरेको विज्ञप्तिमा उनले भनेका छन्, ‘म नेपाल आउन आतुर छु। सबैलाई मेरो टिम भैरहवा ग्लाडियटर्शलाई सपोर्ट गर्न अनुरोध गर्दछु।’

विज्ञप्तिमा स्मिथले आफूले नेपाल र यसको भौगोलिक अवस्थाका बारेमा सुनेको समेत बताएका छन्।

यस्तै टोलीका कप्तान शरद भेषावकरले वेष्टइण्डिज र आइपीएलका शक्तिशाली खेलाडी आफूसँग खेल्न लागेको विश्वासै नलागेको जनाएका छन्। उनको आगमनले युवा खेलाडीहरुलाई थप प्रोत्साहन मिल्ने उनले उल्लेख गरेका छन्।

तपाईको प्रतिक्रिया
यो सामग्री पढेर तपाईलाई कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0