गृहमन्त्री थापा भन्छन् : एमसिसीका केही प्रावधान परिमार्जन गरी पारित हुन्छ

0
25
Five cats looking around a field.

सुर्खेत, ११ माघ । गृहमन्त्री रामबहादुर थापाले मिलियन च्यालेन्ज कर्पोरेसन (एमसिसी)का केही प्रावधान परिमार्जन गरेर संसद्ले पारित गर्ने बताएका छन् ।

शनिबार सुर्खेतमा आयोजित पत्रकार भेटघाटका कार्यक्रममा उनले एमसिसी राष्ट्रिय हितमा हुनुपर्ने बहस चलिरहेको र सभामुखको घोषणा भएपश्चात् सदनमा प्रस्तुत हुने बताएका हुन् ।

एमसिसी सरकारले सदनबाटै पारित गर्नुपर्ने बाध्यता किन भन्ने विषयमा पत्रकारले राखेको प्रश्नको जवाफमा उनले अमेरिकी सिनेटले पारित गर्ने भएकाले नेपालको सदनबाट पारित गर्नुपर्ने उल्लेख गरे ।

गृहमन्त्री थापाले शान्ति र स्थायित्व विना मुलुकमा विकास सम्भव नभएको बताए ।

उनले सरकारले अपराधिक गतिविधि नियन्त्रणलाई प्राथमिकता राखेको जानकारी दिए ।

The post गृहमन्त्री थापा भन्छन् : एमसिसीका केही प्रावधान परिमार्जन गरी पारित हुन्छ appeared first on Koshi Online.

तपाईको प्रतिक्रिया
यो सामग्री पढेर तपाईलाई कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0