
हेटौँडा, १२ माघ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले उद्योग विकासका लागि आन्तरिक लगानीलाई प्रोत्साहन गर्नुपर्ने बताउनुभएको छ । शनिबार साँझ हेटौँडा औद्योगिक क्षेत्रमा उद्योग सङ्घका पदाधिकारीसँगको भेटमा उहाँले यस्तो बताउनुभएको हो । मन्त्री भट्टले विदेशी लगानी भित्र्याउन लागिपर्दा स्वदेशी लगानीकर्ता निरास भएको बताउनुभयो । मन्त्री भट्टले सरकारले निजी क्षेत्रलाई प्रोत्साहन गरेर औद्योगिक विकास […]