
एजेन्सी, १२ माघ । राष्ट्रपति ट्रम्पका वकिलको समूहले डेमोक्रेट पार्टीले सन् २०१६को चुनावको परिणामलाई उल्टाउन खोजेको आरोप लगाएका छन् । ट्रम्पविरुद्धको महाभियोगको बचाउ गर्दै उनीहरुले राष्ट्रपतिबाट कुनै गलत काम नभएपनि डेमोक्रेटले परिणाम उल्टाउन महाभियोग लगाएको आरोप लगाएका हुन् । महाभियोगसँग जोडिएका साक्षी र सम्बन्धित अभिलेख सार्वजनिक नगरेर डेमोक्रेटको नियतमा खोट देखिएको समेत उनीहरुको भनाई छ […]