रामकुमारीलाई प्रधानमन्त्री ओलीको एनिभर्सरी गिफ्ट, झाँक्री घरबाटै प,क्राउ

0
116

काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई शंखमुलस्थित उनको निवासबाटै प्रहरीले पक्राउ गरेको छ । ‘विवाह एनिभर्सरी’ मनाउँन साथीभाइसँगै घरमै रहेकी नेतृ झाँक्रीलाई पक्राउ गर्न सादा पोसाकमा प्रहरी शंखमुलस्थित उनको घरमै पुगेपछि हाम्राकुरासँग कुरा गर्दै नेतृ झाँक्रीले प्रहरीले घर घेराउ गरिरहेको बताएकी थिइन्। पछि उनलाई प्रहरीले पक्रेर लगेको छ । वैवाहिक वर्षगाँठको अवसरमा रामकुमारीले बिहानै एक पोस्ट सामाजिक सञ्जा’लमा शेयर गरेकी थिइन्। उनले लेखेकी थिइन्,

‘आज माघ २९सोचे जस्तो हुन्न जीवन भन्ने थाहा छ
तिमी आयौँ जिन्दगीमा यसै आहा छ!11 years of marital journey of our life…Happy anniversary Dear loving husband

झाँक्रीले यो खुसी साट्न नपाउँदै सरकारले उनलाई एनिभर्सरी गिफ्टका रूपमा पक्राउ गर्न प्रहरी पठाएको थियो। प्रहरी उनको घरमा प्रवेश गरेर उनलाई ध’रपकड गर्न जवर्जस्ती गरेपछि नेकपा र अनेरास्ववियुका कार्यकर्ताले नारावाजी गरेका थिए। झाँक्रीलाई पक्राउ गर्ने खबर पाएसँगै अनेरास्ववियुका नेता कार्यकर्ताहरूले उनको निवासमा जम्मा भएर प्रदर्शन गरेका थिए। केन्द्रीय सदस्य फुर्वा तामाङका अनुसार अनेरास्ववियुले प्रहरी धरप’कडको विरोधमा प्रदर्शन गरेपनि कानुनलाई मान्दै आफूले पक्राउ दिने भन्दै झाँकीले पक्राउ दिएकी थिइन्।

अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले हाम्राकुरासँग झाँक्रीलाई कार्यालयमा कुरिरहेको बताएका थिए । झाँक्रीले राष्ट्रपति विद्यादेवी भण्डारीमाथि बोलेको विषयलाई लिएर राज्य विरु’द्धको अप’राधमा पक्राउ गरिएको छ । बुधवार मात्रै पनि झाँक्रीले प्रतिनिधिसभा विघ’टनको विरो’धमा भएको वि’रोध सभालाई सम्बोधन गर्दै सन्की प्रधानमन्त्रीको प्यादा बन्ने एउटा महिलाको विषयमा बोल्न पाइने बताउँदै सार्वजनिक पदमा बसेपछि त्यसको लिङ्ग नहुने र ऊ सार्वजनिक पदधारी हुने जि’किर गरेकी थिइन् ।

उनले मुखको कालो टेप खोल्दै ‘निर’ङ्कुशताको सा’क्षी बस्ने वि’रुद्ध बोल्न पाइन्छ’ भनेकी थिइन् । उनले कुनै संस्थाको विरो’धमा नभई व्यक्ति र प्रवृत्तिका वि’रुद्ध बोलेको प्रस्ट परेकी थिइन् । कार्यक्रममा झाँक्रीले आफू विरुद्ध महिला अस्मिताको कुरा उठाउँदै गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाउने महिला सङ्घले भागरथी भट्टको न्यायका लागि ज्ञापन पत्र बुझाए की बुझाएनन् भन्दै प्रश्न गरेकी थिइन् । झाँक्रीले केपी शर्मा ओली नेतृत्वको सरकारले गत पुस ५ गते संसद वि’घटन गरेपछि आफूलाई ज्यानको खत’रा रहेको सामाजिक सं’जालमार्फत बताएकी थिइन् ।

उनले म’र्ने बेलामा कमिलाको पनि प्वाँख पलाउने भन्दै तानाशाह अन्त्य हुन लागेको टिप्पणी गरेकी थिइन् । प्रहरी आफूलाई पक्राउ गर्न आउनु प्रधानमन्त्री र राष्ट्रपतिको दबा’बका कारण भएको उनले बताएकी थिइन् । उनले अभिव्यक्ति स्वतन्त्रतामाथि अं’कुश लगाउन खोजिएको बताएकी थिइन् । उनले आफूलाई तर्साउ’नको लागि पक्राउ गर्न खोजिएको बताएकी थिइन् ।

आफूले भाषणका क्रममा बालकोट, बानेश्वर लगायतमा ठाउँहरुको नाम लिएको विषयमा उनले यी ठाउँको नाम लिँदैमा कसैको इज्जत वा अस्मितामा हा’नी नपुग्ने उनको दा’वी थियो । राष्ट्रपतिको भूमिकाप्रति नागरिक सन्तुष्ट नभएको उनले बताएकी थिइन् । राष्ट्रपति विद्यादेवी भण्डारीलाई व्यक्तिगत रुपमा चरित्रह’त्या गर्ने ढंगले अभिव्यक्ति दिएको आ’रोपमा उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

तपाईको प्रतिक्रिया