हाउस-मेड काममा लान्छु भनेर द’लालले श्रीलंका पुर्याएर बे’चेपछि ……

काठमाण्डाै – दला’लको एक समूहले कुवेतमा काम लगाइदिने बहा’नामा भारतबाट मलेसिया हुँदै श्रीलङ्का पुर्‍याएर एक महिलालाई बेचबि’खन गरेको पाइएको छ । पी’डितले दश महिना जेल जीवन बिताई नेपाल फर्किएर उ’जुरी दिएपछि यसरी मानव बेचबि’खन भएको खु’लेको हो ।

कुवेतमा घरायसी काममा लगाइदिने र त्यसबाट आकर्षक तलब पाउने लोभ देखाएर श्रीलङ्कामा मानव बेचबि’खन गरेको आरोपमा बेचबि’खनमा संलग्न गि’रोहमध्ये एक जनालाई पक्राउ गर्न सफल भएको प्रहरीको मानव बेचबिखन अनु’सन्धान ब्यूरोका प्रहरी उपरीक्षक अनुरागकुमार द्विवेदीले जानकारी दिनुभयो ।

पक्राउ पर्नेमा बर्दिया स्थायी घर भई हाल पर्वत बस्दै आएका ३६ वर्षीय खेमबहादुर सुवेदी छन् । सुवेदीलाई ब्यूरोबाट ख’टिएको प्रहरी टोलीले पर्वतको कुस्मामा लुकि’छिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको जनाएको छ । गि’रोहले पी’डितको राहदानीसमेत आफ्नै खर्चमा बनाएर प्रलो’भनमा पारेका थिए ।

सुवेदीले नेपालको विमानस्थलबाट जान नमिल्ने भन्दै भारतबाट मलेसिया हुँदै श्रीलङ्का पुर्याएको अनुस’न्धानमा खुल्न आएको छ । त्यहाँ पुगेपछि श्रीलङ्कन नागरिक सिराक खान र आलिक खानले ब’न्धक बनाइराखेको अवस्थामा प्रहरी आई जाँच गर्दा भिषा नभएको पाइएपछि १० महिना जे’ल बस्नु परेको पी’डितले बताउनुभएको छ ।

त्यसपछि नेपाली राजदूतावास र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयसमेतको सहयोगमा विसं २०७७ मङ्सिर ३० मा नेपाल फर्कन सफल हुनुभएको थियो । सुवेदीलाई आवश्यक अनुसन्धानका लागि काठमाण्डाै जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनु’सन्धान जारी रहेको तथा अन्य फ’रार प्रतिवा’दीको खोजी कार्य जारी रहेको ब्यूरोले आज सूचनामार्फत जनाएको छ ।

तपाईको प्रतिक्रिया