आईलिगमा सावित्राको टोलीले पहिलो खेल खेल्दै

0
40
Five cats looking around a field.

नेपाली राष्ट्रिय टोलीकी स्ट्राइकर सावित्रा भण्डारी सम्मिलित गोकुलम केरला एफसीले इण्डियन वुमन्स लिग आईलिगको पहिलो खेलमा आइतबार श्रीभुमी एफसीसँग प्रतिस्पर्धा गर्दै छ। खेल, ब्याङग्लोर फुटबल स्टेडियममा दिउँसो सवा ३ बजे हुनेछ।

छनोट चरणको अन्तिम खेलमा गत बुधबार सावित्राले २ गोल गरिसकेकी छन्। गत संस्करण सेथु एफसीबाट खेलेकी सावित्राले यो सिजन गोकुलम एफसीबाट मैदान उत्रिन लागेकी हुन्।

आईलिगमा सावित्राले ७ नम्बरको जर्सीमा मैदान उत्रिने छिन्। गत संस्करण सेथु एफसीमा आबद्ध भएकी सावित्राले टोलीलाई लिग च्याम्पियन बनाउन ३ ह्याट्रिकसहित १५ गोल गरेकी थिइन्।

यसअघि नेपाली टोलीकै अर्की सदस्य अनिता बस्नेत सम्मिलित सेथु एफसीले विजयी सुरुवात गरिसकेको छ। शुक्रबार सोही मैदानमा भएको खेलमा सेथुले कोहलपुर सिटी एफसीलाई ५–० को फराकिलो अन्तरले हराएको हो।

तपाईको प्रतिक्रिया
यो सामग्री पढेर तपाईलाई कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0