सभामुखमा सापकोटा निर्विरोध निर्वाचित

0
29
Five cats looking around a field.

काठमाडौं, १२ माघ । प्रतिनिधिसभाको सभामुखमा अग्निप्रसाद सापकोटा निर्वाचित भएका छन् । आइतबार बसेको बैठकले सापकोटालाई निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो ।

बैठकमा ज्येष्ठ सदस्यको हैसियतमा बैठक सञ्चालन गरेका महन्थ ठाकुरले सापकोटा निर्विरोध सभामुखमा निर्वाचित भएको घोषणा गरेका हुन्।

रिक्त रहको सभामुख पदमा उनको मात्र उम्मेदवारी परेपछि सापकोटा निर्विरोध भएका हुन् । ६ माघको प्रतिनिधिसभाको बैठकले आजका लागि निर्वाचनको मिति निर्धारण गरेको थियो ।

तत्कालीन सभामुख कृष्णबहादुर महरा महिलामाथिको यौन दुर्व्यवहारको विवादमा परेर सो पदबाट राजीनामा दिएपछि उक्त पद रिक्त रहेको थियो । महराले १५ असोजमा राजीनामा दिएका थिए । हाल उनी पुर्पक्षका लागि थुनामा छन् ।

सभामुखको निर्वाचनपछि उपसभामुखको निर्वाचन कार्यतालिका तय हुनेछ । गत पुस ४ गते शुरु भएको सङ्घीय संसद्को चालु पाँचौँ अधिवेशनअन्तर्गत राष्ट्रियसभाका बैठक नियमित भए पनि प्रतिनिधिसभाको सभामुखमा रिक्तता र त्यसमा राजनीतिक सहमतिमा भएको ढिलाइका कारण बैठक स्थगन हुँदै आएको थियो ।

The post सभामुखमा सापकोटा निर्विरोध निर्वाचित appeared first on Koshi Online.

तपाईको प्रतिक्रिया
यो सामग्री पढेर तपाईलाई कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0