राजेन्द्र महतोले सरकारमा जाने तयार, राजपा भित्र भुइँचालो

0
29
Five cats looking around a field.

काठमाडौं– राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले सरकारमा जाने तयारी भएपछि पार्टीभित्र भाँडभैलो मच्चिएको छ । महतोसँगै शरतसिंह भण्डारी, अनिल झा र राजकिशोर यादव केपी शर्मा ओली नेतृत्वको सरकारमा जाने तयारी गरेपछि राजपमा हंगामा मच्चिएको हो ।

राष्ट्रिय सभाको निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी र राजपावीचको गठबन्धन विजयी भए पछि महतो लगायतका नेताहरु सरकार जान उत्साहित भएको स्रोतको दावी छ । नेकपा–राजपावीचको गठबन्धनलाई निरन्तरता दिन र आफू सरकारमा जान राष्ट्रिय सभाको निर्वाचन पछि पनि उनीहरु नेकपाका अध्यक्ष द्धय केपी ओली र प्रचण्डसँग पटक पटक संवाद र सम्पर्कमा रहेका छन्।

तर राजपा भित्रकै केही नेताहरु भने नेकपा–राजपाबीचको गठबन्धनलाई निरन्तरता दिने पक्षमा देखिएका छैनन। राजपाका नेताद्धय महन्थ ठाकुर र महेन्द्र यादव पनि तत्काल सरकारमा जान नहने पक्षमा उभिएको स्रोतको भनाइ छ। तर राजपाका ६ अध्यक्षमध्ये ४ अध्यक्ष तत्काल सरकारमा जाने लाइनमा उभिएका छन्। यसबाट राजपा सरकारमा जाने सम्भावना बढ्दै गएको राजपाका एक नेताको भनाइ छ।

केही दिन अघि राजपाका वरिष्ठ उपाध्यक्ष लाल र ५ जना उपाध्यक्ष सर्बेन्द्रनाथ शुक्ल, रमेश यादव, गोविन्द चौधरी, सत्यनारायण मण्डल र जितेन्द्र सिंहले पार्टी नेतृत्वलाई चिट्ठिी लेखी अहिलको अवस्थामा सरकारमा जान नहुने सुझाव दिएका छन्। यसैगरी महासचिव विजयकुमार सिंहले पनि नेतृत्वलाई चिट्ठिी लेखेर उस्तै प्रकृतिको सुझाव दिएका छन्।

अहिलेको स्थितिमा राजपा सरकारमा सामेल हुनु भनेको सयौं सहिदहरुको बलिदानी र आन्दोलनकारीहरुको संघर्षलाई अपमान हुने उनीहरुले जनाएका छन्। चिट्ठिीमा भनिएको छ, ‘यस्तो गम्भिर विषयमा राजनीतिक समिति र पार्टीको केन्द्रीय समितिमा छलफल हुनु अत्यन्त आवश्यक छ। यस विषयमा पार्टीमा संस्थागत निर्णयमाफर्त निष्कर्षमा पुग्न माग गर्दछौ।’

पार्टी स्रोत भन्छ, राष्ट्रिय सभाको निर्वाचन सकिए पछि संघीय सरकारमा जान राजपा जान राजपाभित्र आन्तरिक तयारी सुरु भएको छ। यता, प्रदेश २ सरकारमा नेकपा आउन नेकपाका नेताहरू राजपासँग सहकार्य अघि बढाएका छन्। यसकोलागि नेकपाका नेताहरुले समाजवादी पार्टीसँगको सहकार्यलाई एकलौटी ढँगबाट तोडेका छन्।

तपाईको प्रतिक्रिया
यो सामग्री पढेर तपाईलाई कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0