संसदमा थापाको भाषण स्वस्थानी शैलीमा

0
17

काठमाडौं, ६ फागुन । संसद् बैठकमा प्रायः सांसदहरुले औपचारिक भाषामा आफ्ना विचार राख्ने गर्छन् । तर नेपाली कांग्रसका सांसद गगन थापाले फरक शैलीमा भनाइ राखे ।

प्रतिनिधिसभाको मंगलबारको शून्य समयमा सांसद गगन थापाले स्वस्थानी कथा शैलीमा व्यग्ङ्यात्मकरुपमा विचार राख्दै गर्दै बालुवाटार जग्गा अनियमिततामा संलग्नमध्ये कसैलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको र केहीलाई छुट दिएको टिप्पणी गरे ।

एक मिनेट समय दिइने सो समयमा सांसद थापाले ‘कुमारजी आज्ञा गर्नुहुन्छ…..’बाट शुरु गरेर ‘इति श्री स्कन्दपुराणे…..’ मा आफ्नो लिखित भनाइको बिट मारे ।

संसदमा कांग्रेसकै अर्का सांसद अत्तहरकमल मुसलमानले संसदमा बोल्दा सबै धर्मप्रति सद्भाव र मर्यादा व्यक्त हुनुपर्ने बताए ।

सांसद उमा रेग्मीले सरकारको दुई वर्षे कार्यकाल असफल भएको जिकिर गरिन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अमृता थापाले छाउगोठ भत्काउने राम्रो काम सुरु भएको तर यस्ता अन्धविश्वासी सोचविरुद्ध जनचेतना चलाउन माग गरिन् ।

नेकपाका जुलीकुमारी महतोले महिलामाथि भएका बलात्कारका घटनाका दोषीलाई पक्राउ गर्न माग गरिन् ।

नेकपाकै खगराज अधिकारीले रामसार सूचिमा सूचिकृत तालको अस्तित्व सङ्कटमा परेका संरक्षण गर्न माग गरे ।

The post संसदमा थापाको भाषण स्वस्थानी शैलीमा appeared first on Koshi Online.

विदेश बाट घर फर्कदै हुनुहुन्छ? कतिसम्म सुन लान पाईन्छ ?

Previous articleस्ववियू निर्वाचन स्थगित
Next articleपार्टीको एकताबाट ऐतिहासिक काम भएको छ, राष्ट्रिय हितमा एमसीसी पास हुन्छ : अध्यक्ष प्रचण्ड