मिस मार्टिना २०२० का सहभागीहरु तालिम र अवलोकनमा

0
116
Five cats looking around a field.

इटहरी / सुनसरीको इटहरीमा जारि मिस मार्टिना २०२० का सहभागीहरु तालिम र अवलोकनमा रहेका छन् । माघको पहिलो साता बाट सुरु भएको प्रतियोगीताका १५ जना सहभागी फाइनल राउण्डका लागि तयारिमा जुटेकाे आयोजकले जानकारी दिएको छ ।

शिक्षा,स्वास्थ्य, पर्यटन, धार्मिक, व्याबहारिक ज्ञान, समाज, औधोगिक क्षेत्र, मनोरञ्जन लगायतका बिषयकाे अध्ययन तथा अवलोकनमा व्यस्त रहेको प्रतियोगिताकी संयोजक उर्बी श्रेष्ठले बताइन । त्यसैगरी अफिसियल कोरियोग्राफरमा नेहा बजाज तथा अफिसियल फोटोग्राफी पार्टनरमा बज फोटो एंड भिडियो स्टुडियो रहेको उनले जानकारी दिइन् । कार्यक्रमकाे सहयोगीमा सरोज श्रेष्ठ, प्रिया कुवर, कन्चन तिवारी लगायत रहेका छन् ।

यस कार्यक्रमकाे मुनाफाकाे केहि रकम सामाजिक क्षेत्रमा पनि खर्च गर्ने साथै भ्रमण बर्ष २०२० लाइ सफल पर्न आन्तरिक पर्यटनको प्रवर्द्भन गर्न सहयोग गर्ने श्रेष्ठकाे भनाइ थियाे । प्रतियोताकाे बिजेताले ५० हाजर नगद पुरस्कार पाउने छन् भने द्रोसो तथा तेस्रो हुनेले क्रमश २० हजार र १५ हजार पाउने छन ।

The post मिस मार्टिना २०२० का सहभागीहरु तालिम र अवलोकनमा appeared first on Purbeli News.

तपाईको प्रतिक्रिया
यो सामग्री पढेर तपाईलाई कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0