साउदी: 28 May को सुचना, नयाँ पासपोर्ट बनेर आईपुग्यो, तपाईको पनि आयो कि?

0
289

साउदी: 28 May को सुचना, नयाँ पासपोर्ट बनेर आईपुग्यो, तपाईको पनि आयो कि?

उज्यालो नेपाल, २८ मे – रोजगारीको लागी विदेश गएका धेरै नेपालीको राहदानीको म्याद विदेशमै सकिने गरेको छ! अध्ययन, रोजगारी वा व्यापार-व्यवसाय गर्न विदेश गएका नेपालीलाई राहदानीको म्याद सक्किएको खण्डमा विदेशमा नै रहेको नेपाली दुताबास वा नियोगहरु बाट राहदानी नविकरण गर्ने सबिधा छ!

साउदीको रियादमा रहेको नेपाली दुताबास र जेद्दामा रहेको महावाणिज्य दुताबासले साउदीमा रहेका नेपालीको राहदानी नविकरणको काम गर्दै आएका छन्! नेपाली नागरिकको सुबिधाको लागी कोरोना महा’मारीको अवस्थामा पनि दुवै दुताबासले साउदीका विभिन्न ठाउँमा घुम्ती शिविर संचालन गरि राहादानी नविकरणको लागी आवेदन संकलन गरेको थियो !

अहिले भने त्यस्ता घुम्ती शिविरहरु संचालन भएका छैनन् ! राहदानीको म्याद सकिनेहरुले दुताबासमै पुगेर आवेदन दिन सक्नेछन ! त्यसै अनुरुप मिति १३ अप्रिल २०२१ सम्म आवेदन दिएका व्यक्तिहरुको राहदानी बनेर आईपुगेको दुताबासले जनाएको छ !  तपाई साउदीमा हुनुहुन्छ र यो सुचना हेर्दै हुनुहुन्छ भने सबैको जानकारीको लागी यो समाचार शे’यर गरिदिनुहोला ! तपाईको पासपोर्ट आयो नि आएन?? तुरुन्त हेर्नुहोला! दुतावासको सुचना यस्तो छ!

नयाँ राहदानी लिन आउनेसम्बन्धी सूचना !

राहदानी नविकरणका लागि मिति १३ अप्रिल २०२१ सम्म आवेदन पेस गर्नुभएका संलग लिष्टमा नाम भएका आवेदकहरूको राहदानी बनेर राजदूतावासमा आइसकेको हुँदा आफ्नो नयाँ राहदानी बुझिलिन पुरानो राहदानी र राजश्व बुझाएको सक्कल रसिद सहित दूतावासमा यथाशीघ्र सम्पर्क गर्नहुन अनुरोध गरिन्छ। साथै, पूर्वी क्षेत्र (दमाम, जुबेल र खोबर) मा रहनुहुनेहरूको लागि नयाँ राहदानी लिन आउने तालिका आगामी आइतबार प्रकाशन गरिने छ। नेपालमा अन्तर्राष्ट्रिय हवाई उडान स्थगन कायमै रहँदासम्म अरू नयाँ राहदानीहरू बनेर आउने सम्भावना नरहेको व्यहोरा समेत सम्बन्धित सबैमा जानकारी गराइन्छ । नेपाली राजदूतावास, रियाद । १३ जेठ २०७८ 

नामावली 

तपाईको प्रतिक्रिया
यो सामग्री पढेर तपाईलाई कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0