अफगानिस्तानमा अमेरिकी सैन्य विमान आफूहरुले खसाएको दाबी तालिबानले गरेको छ।

गजनी प्रान्तस्थित दे याक जिल्लामा सैन्य विमान खसाइएको र विमानमा सवार सबैको मृत्यु भएको तालिबानले जनाएको छ।
सोमबार सो स्थानमा एक विमान दुर्घटना भएको भनिएपनि त्यसबारे आधिकारिक जानकारी प्राप्त भएको छैन।

स्थानीय अधिकारीहरुले पहिले एरियाना एयरको विमान दुर्घटनाग्रस्त भएको बताए पनि एयरलाइनले त्यसको खण्डन गरेको थियो। जसका कारण दुर्घटना रहस्यमय बनेको थियो। एजेन्सी